सहकारीले कोपोमिसमा समष्टिगत विवरण अनिवार्य भर्नुपर्ने, नभर्नेलाई कारबाही: रजिष्ट्रार
काठमाडौं : प्रत्येक सहकारी संघ संस्थाले अनिवार्य रुपमा असार महिना भित्र कोपोमिसमा समष्टिगत विवरण फारम भर्नुपर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्त र प्रत्येक आर्थिक वर्षको माघ मसान्त भित्र अनिवार्य रुपमा समष्टिगत विवरण भर्नुपर्ने निर्णय सहकारी विभागले गरेको छ ।
सहकारी विभागको जेठ ९ गते निर्णय गर्दै सहकारीको तथ्यांक र विवरण संकलन गर्नको लागि समष्टिगत विवरण अनिवार्य रुपमा भर्नुपर्ने व्यवस्था गरेको हो ।
सहकारीले समष्टिगत विवरण भर्न कोपोमिस लगइन गरी प्राप्त निर्देशन अनुसार विवरण भर्न सकिनेछ । हालसम्म पनि कोपोमिसको युजर र पासवर्ड नलिएका सहकारीले आफ्नो नियामक निकाय वा संघीय सहकारी विभागमा सम्पर्क गरी युजर र पासवर्ड लिनुपर्ने हुन्छ ।
समष्टिगत विवरण भर्न सहकारी विभागले भोली (मंगलबार) देखि कोपोमिसमा लाईभ गर्ने सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । युजर र पासवर्ड नलिएका सहकारीले तत्काल लिई विवरण भर्नुपर्ने उहाँको भनाई छ । इमान्दारिता पूर्वक विवरण भर्न सम्पूर्ण सहकारीलाई रजिष्ट्रार पण्डितले आग्रह गर्नुभएको छ ।
समष्टिगत विवरणमा सहकारी संस्थाको नाम, फोन, सम्पर्क, सदस्य, सेयरपुँजी, कर्मचारी, बचत, कर्जा लगानी लगायतको सामान्य कुराहरु प्रविष्ट गर्नुपर्ने हुन्छ ।
सहकारी विभागले सहकारी महासंघ, सम्पूर्ण केन्द्रीय संघ, जिल्ला संघ, विषयगत जिल्ला संघका आवद्ध सदस्यहरुलाई विवरण भराउने कार्यमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।
इमान्दारपूर्व विवरण नभर्ने सहकारीको हकमा कानूनी व्यवस्थाको परिपालनामा विभाग अघि बढ्ने रजिष्ट्रार पण्डितले बताउनुभयो ।
सहकारी संस्थाहरु अनिवार्य रुपमा कोपोमिसमा आवद्धता जनाउनुपर्ने कानुनी व्यवस्था छ । यसका साथै प्रत्येक महिनाको ७ गतेभित्र मासिक विवरण, प्रत्येक चौमासिक अवधि व्यतित भएको १५ दिन भित्र चौमासिक र प्रत्येक आर्थिक वर्ष व्यतित भएको ३० दिन भित्र वार्षिक वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
