रामकोट सहकारीका सचिव प्रकाश श्रेष्ठ स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित
धादिङ : रामकोट बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रकाश कुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका–८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले अत्याधिक मत सहित वडा अध्यक्ष बनेका हुन् । श्रेष्ठको नेतृत्वमा स्वतन्त्र समूहको प्यानल बनेको थियो ।
वडा अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण प्यानल नै विजयी भएका छन् । वडा सदस्यमा विजयी हुनेहरु पनि रामकोट सहकारी संस्थाका सदस्यहरु रहेका छन् ।
श्रेष्ठले १ हजार १ सय ५३ मत पाउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका जीतबहादुर कुमाल ४ सय २ मत पाएका छन् । नेपाली कांग्रेसका रमेश कोईरालाले ३ सय ६३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले १ सय मत प्राप्त गरेको छ ।
त्यस्तै वडा सदस्यहरुमा स्वतन्त्रबाट दुर्गा अधिकारीले १ हजार १ सय १८ मत, विमला बराइलीले १ हजार १ सय ४० मत, उमेश मगरले १ हजार ८५ मत र छविप्रसाद काप्री १ हजार १८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र समूहले भुईकटहर चुनाव चिन्ह पाएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
