साकोस समिटमा सहभागीताको लागि नाम दर्ता खुला, थोरैमा १२ हजार तिर्नुपर्ने
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा यही जेठ २९ र ३० गते हुने चौथो साकोस शिखर गोष्ठी–२०७९ का लागि सहभागी नाम दर्ता खुला गरिएको छ ।
संघको सभाहलमा आईतबार बसेको पहिलो तयारी बैठकले दर्ता फाराम खुला गरेको निर्णय सहित सम्पूर्ण आबद्ध सदस्य संघ/संस्थाका प्रतिनिधिहरुलाई सहभागिताका लागि आव्हान समेत गरेको छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको संयोजकत्वमा बसेको तयारी बैठकमा संघका विभागीय प्रमुखहरु, उच्च व्यवस्थापन र अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागिता जनाउन संघमा आवद्ध संघ/संस्थाले १२ हजार रुपैयाँ (भ्याट बाहेक) तिर्नुपर्ने छ । जेठको १० गतेपछि नाम दर्ता गराउने सहभागिले १३ हजार ६ सय रुपैयाँ (भ्याट बाहेक) तिर्नुपर्ने संघले जनाएको छ ।
महिलाहरु मात्र आबद्ध रहेको सदस्य संस्था (एक संस्थाबाट एक जना मात्र) को हकमा भने ११ हजार रुपैयाँ (भ्याट बाहेक) तिर्नुपर्ने हुन्छ । त्यस्तै अन्य संघ/संस्था र निकायले जेठ १० गतेसम्म १७ हजार रुपैयाँ (भ्याट बाहेक) तिरेर कार्यक्रममा सहभागिता जनाउन सकिने नेफ्स्कूनले जनाएको छ ।
बचत तथा ऋण सहकारीका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय असल अभ्यासहरुको साझा बुझाई एवम् आन्तरिकीकरणको साझा मञ्चकोरुपमा नेफ्स्कूनले २०६८ साल देखि प्रत्येक तीन वर्षमा साकोस शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ ।
सन् २०१९ को अन्त्यदेखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारण गत वर्ष आयोजना हुनुपर्ने शिखर गोष्ठी प्रभावित भई यस वर्ष “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि” भन्ने मुल भाव र संकल्पसहित गोष्ठीको आयोजना गरिएको संघले जनाएको छ ।
विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रि विषयविज्ञ स्रोत व्यक्तिहरुबाट विभिन्न नौ वटा विषयवस्तुमा कार्यपत्र प्रस्तुत हुने नेफ्स्कूनले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार