२० भदौ २०८३, शनिवार

अख्तियारमा उजुरी परेपछि तिमल्सिनाले दिए सहकारी बोर्डबाट राजिनामा

२०७९ वैशाख २४, शनिवार
अख्तियारमा उजुरी परेपछि तिमल्सिनाले दिए सहकारी बोर्डबाट राजिनामा

काठमाडौं : राष्ट्रिय सहकारी बिकास बोर्डको कार्यकारी समितिको विशेषज्ञ सदस्य पदबाट माधव तिमल्सिनाले राजिनामा दिएका छन् ।

२०७८ चैत्र २२ गते नियुक्ती भएका तिमल्सिनाले एक महिना नपुग्दै पदबाट राजिनामा दिएका हुन् । तिमल्सिना प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था, ललितपुरका कार्यकारी अध्यक्ष हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तिमल्सिनालाई माओबादी केन्द्रको कोटाबाट विशेषज्ञ सदस्य पदमा नियुक्त गर्नुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि तिमल्सिनाले सदस्य पदबाट राजिनामा दिएका हुन् । व्यक्ती र संस्थागत कुराहरु जोडेर अख्तियारमा उजुरी परेपछि राजिनामा दिएको तिमल्सिनाले बताउनुभयो । केही व्यक्तीले अनावश्यक दुःख दिनकै लागि अख्तियारमा उजुरी दिएको र सोही कारण आफूले पदबात राजिनामा दिएको बताउनुभयो ।

राष्ट्रिय सहकारी बिकास बोर्डका सह-अध्यक्ष मित्रराज दवाडीले नियुक्ती भएको दिनदेखि लागू हुने गरी तिमल्सिनाले राजिनामा दिनुभएको बताउनुभयो ।

तिमिल्सिनाको शैक्षिक प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिएको छ ।

अभिलेख

लोकप्रिय