२० भदौ २०८३, शनिवार

ललितपुर बचत संघको कुल वासलात ९ करोड ७४ लाख घट्यो

२०७९ वैशाख १५, बिहिबार
ललितपुर बचत संघको कुल वासलात ९ करोड ७४ लाख घट्यो

ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको कुल वासलात घटेको छ ।

तीन महिनाको अवधिमा संघको कुल वासलात ९ करोड ७४ लाख भन्दा बढी रकमले घटेको छ । पुष मसान्तसम्म एक अर्ब ६५ करोड रुपैयाँबाट रहेको संघको कुल वासलात घटेर एक अर्व ५५ करोड रुपैयाँमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको असर बचत संघमा पनि परेको हो ।

बचत संघले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण (अपरिस्कृत) अनुसार संघको बचत र कर्जाको साथै कुल कारोबार पनि घटेको हो । पुससम्ममा एक अर्ब ४७ करोड निक्षेप संकलन गरेको संघले चैतसम्ममा आईपुग्दा घटेर एक अर्ब ३५ करोड कायम भएको छ ।
यसैगरी पुस मसान्तको तुलनामा संघको कर्जा लगानीमा पनि गिरावट आएको छ । २०७८ पुससम्ममा एक अर्ब ३३ करोड कर्जा प्रवाह गरेकोमा चैतसम्ममा घटेर एक अर्ब २४ करोड रुपैयाँमा सिमित भएको छ । संघले २०७८ चैतसम्ममा ४ करोड ५९ लाख संचालन नाफा गरेको छ ।

ललितपुर बचत संघले अपरिस्कृत वित्तीय विवरण त्रैमासिक रुपमा प्रकाशित गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय