२४ कात्तिक २०८३, मङ्गलबार

विकू बचतको नयाँ अभ्यासः आजबाट निक्षेप महोत्सव, के हो निक्षेप महोत्सव ?

२०७९ वैशाख १५, बिहिबार
विकू बचतको नयाँ अभ्यासः आजबाट निक्षेप महोत्सव, के हो निक्षेप महोत्सव ?

गैंडाकोट : गैंडाकोट नगरपालिका–८, विजयनगर, नवलपुरमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले आज निक्षेप महोत्सव गर्दै छ । विकू बचतको मुख्य कार्यालय र सम्पूर्ण सेवा केन्द्रमा हुने निक्षेप महोत्सव बैशाख ३१ गतेसम्म चल्नेछ ।

निक्षेप महोत्सव नेपालको सहकारी अभियानमा यो पहिलो र नयाँ अभ्यास हो । महोत्सवका लागि विकू बचतका कार्यालहरु सजाईएको छ । महोत्सव अवधिभर कार्यालय पुग्ने सदस्यको लागि चकलेट दिएर स्वागत गरिने छ । विशेषगरी निक्षेप संकलनको लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सव अवधिभर सदस्यहरुलाई अधिकतम व्याज दिने संस्थाले जनाएको छ ।

महोत्सव अवधिभर सदस्यलाई १ प्रतिशतसम्म बढी ब्याज दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाल पौडेलले जानकारी दिनुभयो । कार्यालयमा आउने सदस्यलाई चकलेट दिएर स्वागत गरिने, मायाको चिनो प्रदान गर्ने लगायतका कार्यक्रम महोत्सव अवधिभर गरिने पौडेलले जानकारी दिनुभयो । हाल विकूले निक्षेपमा बढीमा साढे १२ प्रतिशतसम्म दिदै आएको छ ।

‘रमाईलो मेला, महोत्सवमा जाँदा जुन खालको फरक अनुभुती हुन्छ’, उहाँले भन्नुभयो, ‘यो निक्षेप महोत्सवमा पनि फरल अनुभुति सदस्यले पाउनुहुनेछ ।’ बैंक तथा वित्तीय संस्थाले लगानी नगरेपछि विकूमा कर्जाको माग बढेको र सोही मागलाई सम्बोधन गर्न निक्षेप महोत्वस आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो । न्युनतम तरलका कायम गरिएको समेत संस्थाले जनाएको छ ।

संस्थामा करिब १ लाख १० हजार सदस्य आवद्ध छन् । २२ वटा सेवा केन्द्र रहेको विकूको कुल कारोबार ९ अर्ब रुपैयाँ रहेको छ ।

सदस्यहरुलाई यस महोत्सव सकृय सहभागिताको लागि संस्थाले अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय