१९ भदौ २०८३, शुक्रबार

हाम्रो साकोस र जनजागरण साकोस बीच एकीकरण

२०७९ वैशाख १४, बुधबार
हाम्रो साकोस र जनजागरण साकोस बीच एकीकरण

ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको । संस्थाले बागमती प्रदेश रजिष्ट्रार कार्यालयबाट एकीकरणको प्रमाणपत्र पाएको छ। संस्थाले हालसम्म चारवटा सहकारी एकीकरण गरिसकेको छ ।

२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०७६ साल मंसिर ३० गते एकीकरण भई हाम्रो नमुना, हाम्रो थैली र सेवक साकोस एकीकरण भई हाम्रो बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

संस्था एकीकरण गरेर बलियो संस्था बनाउन लागिपरेको हाम्रो साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । जनगारणका साढे २ सय सदस्य र २ करोडको कुल कारोबार थियो । एकीकरणपछि हाम्रो साकोसको कुल कारोबार १ अर्ब ७२ करोड हुनेछ । संस्थामा हाल सदस्य ६ हजार ७ सय छन् ।

अभिलेख

लोकप्रिय