१६ जेठ २०८३, शनिवार

उच्च प्रविधिको विकासमा वित्तीय सहकारीको दायित्व

२०७९ वैशाख १३, मङ्गलबार
उच्च प्रविधिको विकासमा वित्तीय सहकारीको दायित्व

– परितोष पौड्याल

वर्तमान बदल्ने र डिजिटल नेपालको लक्ष्य प्राप्तिको लागि मुलुकका सबै सरोकारवाला पक्षले जिम्मेवारी र उत्तरदायित्व लिनु पर्दछ । सहकारी क्षेत्रले लामो समयदेखि विधि, नीति र प्रविधिको छलफललाई निरन्तरता दियो । अब उच्च प्रविधिको व्यापकताको माध्यमबाट सहकारी संस्थाहरुलार्ई डिजिटल रुपान्तरण अनिवार्य र महत्वपुर्ण विषय बनेको छ । प्रस्तुत विषयलाई मध्येनजर गर्दै विश्व ऋण परिषद्ले डिजिटलाईजेशनलाई संवोधन गर्न Challenge 2025  (चुनौती २०२५) एउटा गन्तब्यको रुपमा अगाडि सारेको छ । भौतिक संसारलाई डिजिटल संसारमा रुपान्तरणको चुनौतिमा विजय प्राप्तिको लागि डिजिटलाईजेशनको मापनको रुपमा संस्थाको सम्पूर्ण वित्तीय क्रियाकलापहरुलाई तीन आधारभुत विषयहरु सिर्जना, नवसिर्जना (अनुप्रयोग) र समावेशीतामा वर्गीकृत गरिएको छ ।

सिर्जनाः सिर्जना मावन सभ्यताको यस्तो विषय हो जुन आविस्कारसँग जोडिएको हुन्छ । यस्तो उपकरण वा प्रविधिको आविस्कारले मानिसको जीवनपद्धतिलाई सहज, विश्वसनिय, सुरक्षित, पारदर्शी, भरपर्दो र प्रभावकारी बनाउन सहयोग पुर्याउँछ ।

नवसिर्जनाः सिर्जनालाई मानिसको चिन्तन पद्धतिलाई व्यवहार, प्रयोग र अभ्यासमा ल्याउने कला हो जुन अनुप्रयोगको माध्येमले प्रकट हुन्छ । यसले मानव सिर्जनालाई प्रभावकारी बनाउँछ र उपयोगीता वढाउँछ ।

समावेशीताः सहकारी अभियानकालाई प्रविधि मैत्री बनाउनका लागि विद्युतिय उपकरण तथा प्रविधिमा सदस्य संस्थाको सुलभ पहुँच र वित्तीय समाधानका अनुप्रयोगहरुमा संस्थाका सदस्यलाई उपयुक्त छनौटको अवसर सिर्जना गर्नु पर्दछ ।

उदाहरणको लागि मोबाईल सिर्जना हो भने मोबाईलमा प्रयोग हुने एप्लीकेशन अनुप्रयोगहरु नवसिर्जना हुन् । सदस्यको बीचमा वित्तीय प्रविधिको प्रयोग, सेवा र उत्पादनको लागत घटाएर संचालनलाई सुवेवस्थित वा सदस्य अनुभव सुधार गरेर मुल्य अभिवृद्धि गर्न डिजिटलाईजेनको अपरिहार्यता बढेर गएको छ । डिजिटल युगमा प्रवेश गर्नको लागि मुलतः ४ प्रकृतिका वित्तीय विद्युतिय प्रविधिहरुमा हाम्रा कानुनी संहिताहरुले संवोधन गर्नु पर्दछ ।

डिजिटल च्यानलहरुः सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान दिन मुख्य डिजिटल लेनदेनका सेवाहरु अनलाईन र मोबाइल बैंकिङ, अनलाईन भुक्तानी र अनलाईन ऋण प्रशोधन, बिमा र विप्रेषणका अनुप्रयोगहरुको उपयोग, राष्ट्रिय पुँजी निर्माण र सामाजिक पुँजीको निर्माणमा सञ्जाल व्यवस्थापन जस्ता विषयमा डिजिटल च्यानलहरुको उपयोग गर्नु पर्दछ ।

साझा प्लेटफर्महरुः साकोसहरुलाई राष्ट्रिय भुक्तानी प्रणालीसँग एकिकृत हुने गरि साझा भुक्तानी प्रणालीमा जडान गरि मोबाईल भुक्तानीको अनुमति लिनु पर्दछ । राष्ट्रका भुक्तानी सेवा प्रदायकको रुपमा वित्तीय सहकारीलाई स्वीकार गर्नु पर्दछ ।

जोखिम व्यवस्थापनः वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन सदस्यहरुको पहिचान र सदस्यहरुको डेटालाई डिजिटल आक्रमण र घुसपैठबाट जोगाउन राष्ट्रिय नियमहरुको पालना गर्न साइबर सुरक्षा प्रणालीको कार्यान्वयन गर्न ।

डेटा विश्लेषणः सदस्यहरुको इच्छा, आवश्यकता र चाहना अनुरुपको थप सेवा प्रतावहरु निर्धारण गर्न डेटा विश्लेषण प्रयोग गर्दै वित्तीय शिक्षा, सेवाको परिपूर्ति, विद्युत्तिय प्रविधिका आधारमा जीवनका समाधान दिन सहज हुन्छ ।

 

वित्तीय प्रविधिको शिक्षा

नागरिकको शैक्षिक स्तर भएता पनि वित्तीय प्रविधिको प्रयोगको अभ्यास नहुँदा वित्तीय प्रविधिको माध्यमबाट रकमान्तर गर्न वित्तीय प्रविधिको शिक्षालाई आम नागरिकको दैनिकीसँग जोड्नु पर्दछ ।

बदलिदो वर्तमान र आसन्न भविष्यमा वित्तीय मध्येस्तता र वित्तीय उपकरणको प्रयोगमा सिर्जना र नवसिर्जनाका क्रियाकलापहरु तिव्र रुपमा विकसित भईरहेका छन् । यसले वित्तीय क्षेत्रमा समय, स्रोत, संसाधन र सञ्चालन लागतलाई न्युन गर्दै छन् । वित्तीय सहकारीले सदस्यले स्वीकार गर्नसक्ने मुल्य निर्धारण गरि सदस्यलाई दिने सेवाका लागि संस्थालाई वित्तीय सक्षमता, सदस्यलाई वित्तीय उपलब्धता र सदस्यहरुको वित्तीय पहुँचलाई सुनिश्चित र प्रभावकारी बनाउनु पर्दछ । सहकारीमा अवसरको उपलब्धतामा र वित्तीय पहुँचमा समानता हुन्छ । सहकारीको स्थापना समाजमा समाजमा बहिस्करण र वाधाहरुका विरुद्ध उस्तै विचार भएका मानिसलाई संगठीत र सम्बोधन गर्न हो । आधुनिक युगमा नेपालको सन्दर्भमा सहकारी समाजवाद निर्माणमा आर्थिक नेतृत्व र देशको नेतृत्वको मुख्य धाराको सोच हो । नेपालको अर्थराजनीतिको संवैधानिक दायित्व पुरा गर्न औपचारिक वित्तीय प्रणाली मार्फत विशाल जनसंख्यामा कारोवार, भुक्तानी, बचत, ऋण र बिमाको पहुँच भरपर्दो र दिगो रुपमा विस्तार गर्नु हो । सदस्यहरुले सैद्धान्तिक गति र कुशल अनुभवबाट सदस्यहरुलाई उपयोगी र सस्तो वित्तीय उत्पादन र सेवा स्थायी रुपमा र आपसी समझदारीमा पुरा गर्दछन् । यस्तो वित्तीय समावेशीकरण गरिबी निवारण र समृद्धिको आधार हो ।

दिगो वित्तीय सेवा
सदस्यहरुलाई सम्पुर्ण वित्तीय समाधानको लागि संस्थागत पुँजीको विकास गर्दै वित्तीय सहकारीले निरन्तर उच्च प्रविधिका आधारित गुणस्तरिय सेवा दिनु पर्दछ । सम्पुर्ण वित्तीय क्रियाकलापमा बचत, ऋण, बिमा, विप्रेषण, सामाजिक पुँजी निर्माण र सदस्यमार्फत औद्योगिक लगानीका अधारहरु सिर्जना गर्नु पर्दछ । दिगो वित्तीय सेवाको लागि संस्थाले सञ्चालन खर्च, लागत खर्च, बचत र ऋणमा स्वच्छ ब्याजदर, शेयरमा उचित लाभांश, वित्तीय सुचांकको सन्तुलित, सुरक्षित विश्वसनियताको अवस्थामा ध्यान दिई सदस्यको विश्वास र प्रविधि र उपकरणको प्रभावकारी सञ्चालनको माध्यमबाट संस्थाको दिगोपना र स्थायीत्वको प्रत्याभूति गर्नु पर्दछ ।

दिगो वित्तीय सेवा लागि दुई आधार हुन्छन्ः वित्तीय कारोबारको दिगोपना र संस्थाको दिगोपनाको लागि वित्तीय बजारमा सहकारीलाई डिजिटलाईजेशन गर्नु पर्दछ । सुलभ वित्तीय पहुँच र वित्तीय सक्षमता, बचत र ऋणमा प्रतिस्पर्धात्मक ब्याजदर सहितको स्थान, अध्यावधिक नीति र आधुनिक प्रविधिको आधारमा प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापन तथा कर्मचारीको सन्तुष्टि, सदस्यताको विस्तार तथा सन्तुष्टि, अनिवार्य नियमित बचत तथा उद्यमशिलतामा आधारित ऋणको आकारमा वृद्धिको माध्येमवाट दिगो वित्तीय सेवालाई सुनिश्चित गर्नु पर्दछ । यसको आधारको रुपमा अब साकोसको यात्रा वित्तीय सेवाको प्रभावकारी सन्चालन हो । वित्तीय क्षेत्र अत्यन्त गतिशील क्षेत्र हो । हामीले प्रयोग गरेका प्रविधिहरु समयक्रममा बदलिन्छन, परिवर्तित हुन्छन् । आर्थिक नीति, मौद्रीक नीति, वित्तीय प्रविधि, मुद्रास्फीति दर, उत्पादन र सेवाको विधिकरणको आधारमा प्रविधिको रणनीतिक विकास गर्नुपर्दछ । यो नियमित प्रक्रिया पनि हो । नेपालको संविधानले जसरी सहकारी क्षेत्रलाई प्राथमिकतामा राख्यो ऐन कानुन खासगरि वित्तप्रणालीसँग जोडिएका कानूनहरु, राष्ट्र बैंकको कानुनी संहिताहरु सहकारी मैत्री बनाउन सकिएको छैन । प्रविधिको युगान्तकारी परिवर्तनले वित्तीय प्रविधिमा नयाँ विकासका आयामहरुलाई सम्बोधन गरेको छ । बहुच्यानल विधिले एकचोटी प्रिन्ट, विज्ञापन, एटिएमहरुबाट क्रमिक रुपमा मोबाईल अनुप्रयोगहरु, सामाजिक सञ्जालहरु, वेबसाइटहरुको प्रयोगमार्फत गुणस्तरिय सेवाका लागि बहुच्यानल विधिको प्रयोग गर्न थालिएको छ ।

नवप्रवर्तन प्रकासको गतिमा सर्छ । अब वित्तीय सहकारीको व्यवसायमा फिनटेकले उन्नत प्रविधि, वस्तु र सेवाको इन्टरनेट, कृतिम वुद्धिमत्ता, मेशिन लर्निग, पूर्वअनुमान विश्लेषण, क्लाउड प्लेटफर्म, मोबाईल समाधान जस्ता नयाँ आयामलाई संवोधन गर्नु पर्दछ । सेवाको विश्वसनियता र सर्वस्विकार्यतामा आधारित डिजिटाइजेशन, डिजिटलाईजेशन र टिजिटल रुपान्तरण र सर्भिटाइजेसन सेवा सहितको सफ्टवेयर) जस्ता प्रविधिमा देखिएका विविधिकरणले मानव सभ्यता नयाँ उचाइमा पुग्दैछ । आधुनिक युगमा सेवा सहितको सफ्टवेरको विकास भईरहेको सन्दर्भमा यसकालाई सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउन डिजिटाइजेशन, डिजिटलाईजेशन र टिजिटल रुपान्तरणलाई उपयोग गर्दैैै पम्परागत संरचनालाई बदल्नु पर्दछ । विश्व ऋण परिषद (WOCCU) ले Challenge 2025 भनेर विश्व विश्वव्यापी रुपमा डिजीटाइजेसन र सर्भिटाइजेसनमा नयाँ प्राविधिक आयमहरुलाई संवोधन गर्न नयाँ रणनीतिक प्रक्ष्यपण गरेको छ । वित्तीय बजारमा क्रमिक रुपमा विकास हुँदै गएको पैसा रहित र चेक रहित वित्तीय कारोबार तथा कागज रहित प्रशासनिक प्रणालीको प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापनका लागि नयाँ खोज र सोचलाई उच्चतातर्फ लादैछ । वित्त प्रणालीमा artificial intellengence ले स्थान लिंदै जाँदा सबै कारोबार प्रणालीलाई द्रुत, भरपर्दो, पारदर्शी, प्रभावकारी बनाईरहेको छ । डिजिटलाईजेशनको विकास सँगै मोवाईल वैंकिङ्ग, एप्लीकेशनहरुको प्रयोग अब शाखारहित वित्त प्रणाली, मानवरहित कारोबार प्रणालीको विकास हुँदै छन् । संसारमा डिजिटलाईजेशनको तिव्र विकासले सेवालाई सफ्टवेरमार्फत सञ्चालन गरि मानिसको समय, शक्ति र क्रियाकलापलापमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने तथा मानव उपयोगीताका सबै प्रकृतिका उत्पादन एवम् सेवामा मानव रोर्वट, स्वचालित उपकरण र अनुप्रयोगको प्रयोग मार्फत उपयोग गर्ने विधिलाई सर्भिटाइजेशन भनिन्छ । यसरी डिजीटाइजेशन र सर्भिटाईजेशनले मानिसको उर्जा र शक्तिलाई अनुसन्धान, विकास, प्रवर्धन र नव प्रवर्तनमा प्रयोग गर्ने वातावरणको सिर्जना गर्दैछ । जसले हाम्रो जीवनमा प्रत्यक्ष र परोक्ष प्रभाव पार्दैछ । त्यसैले अव वित्तीय सहकारी अभियानको महत्वपूर्ण क्षेत्रको रुमपा अनिवार्य विकासको हाम्रो भविष्य डिजीटाइजेशन र सर्भिटाइजेसन हुनेछन् ।

वित्तीय विद्युतिय शिक्षा
सिर्जना र नवसिर्जनाले नै विद्युत्तीय कारोवारले संस्थाको सञ्चालन लागत कम गर्दछ र सेवाको प्रभावकारीतालाई सुनिश्चित गर्दछ । विद्युत्तीय वित्तीय कारोबार सञ्चालन, व्यवस्थापन र विकास गर्न ज्ञान, शीप र क्षमताको वृद्धि गरि सेवा प्रदायकसँग प्रतिस्पार्धाको माध्यमले उत्कृष्टता स्थापित गर्न सहयोग पुग्दछ । संस्थाले आफ्ना सदस्यलाई आर्थिक, सामाजिक, लोकतान्त्रिक र व्यवसायीक विकासको लागि व्यक्तिगत वित्त परिचालन, पैसाको हस्तान्तरण र लगानी प्रवर्धन सम्वन्धि विषय सहित विभिन्न वित्तीय क्षेत्रको शिक्षा र समझ वित्तीय साक्षरता हो । वित्त शिक्षाको तालिम र प्रशिक्षण मानव जीवनको अपरिहार्यता हो । समयको सापेक्षतामा विकास भएका बचत, ऋण, ऋणको वृहत्तर प्रयोग, वित्तीय योजना र व्यक्तिगत र पारिवारिक बजेटको माध्यमबाट आर्थिक विकास कुल ग्राह्स्थ उत्पादनमा वृद्धि, राष्ट्रिय आयमा वृद्धि र प्रतिव्यक्ति आयमा योगदान पुर्याउनु पर्दछ । सहकारी संस्थाले हरेक सदस्यलाई आफ्नो वित्तीय स्रोत र आवश्यकताको सुनिश्चिताको लागि मात्र नभएर सदस्यको जीवनस्तर विकासको लागि पनि वित्त परिचालनको प्रभावकारी निर्णय लिने कौशलता र वित्तीय ज्ञानको लागि शिप, तालिम र सुचना दिनु पर्दछ । संस्थाले सदस्यलाई सदस्यका आधारभूत अधिकार, सहकारी संस्थाका आधारभूत मान्यता र व्यक्तिका मुख्य दायित्वको शिक्षा पनि प्रदान गर्नु पर्दछ ।

सदस्यलाई आत्मनिर्भरता, आर्थिक वृद्धि र वित्तीय स्थिरताको लागि सहयोग पुग्छ । सदस्यको जीवनमा वित्तीय मार्गचित्र दिन्छ । वित्तीय शिक्षाले व्यक्तिगत वित्तसम्वन्धी विषयलाई कुशल तरिकाले व्यवस्थापन गर्न सदस्यलाई सहयोग पुग्दछ । व्यक्तिगत वित्तपोषण, बिमा, विप्रेषणको उपयोग, वचत विविधिकरण, ऋणको उपयोगीता, करयोजनाको भूक्तानी, पुँजी वजारको ज्ञान र लगानी प्रवर्दन, जस्ता विषयमा व्यक्तिगत निर्णयगर्ने क्षमताको विकास गर्दछ । सदस्यले विद्युतिय वित्तको उपयोगले सदस्यलाई लाभमा आधारित वचत, ऋणको उपयोगीता र पैसाको समयको मुल्य लगाएतका विषयमा वित्तीय निर्णय लिन सवल वनाउँछ । आजको युग प्रविधिको युग हो, त्यसैले हरेक व्यक्तिले आफुमा पुर्णता दिन विद्युतीय वित्त प्रणालीको अनिवार्य शिक्षा लिनु पर्दछ । समाजमा उत्कृष्ट नागरिक बन्न र प्रतिस्पर्धामा श्रेष्ठता र वरिष्ठता कायम गर्न पनि विद्युतीय वित्तीय शिक्षाको विकल्प छैन । जटिल कामलाई सरल, भरपर्दो र छरितो बनाउँछ । लेनदेनमा हुने त्रुटिको जोखिलाई हटाई प्रमाणिक र पुष्टाई हुने डकुमेन्ट उपलब्ध गराउँछ । सस्थामा मानव संसाधनको परिचालन लागत कम गरि संस्थाको लाभवृद्धिमा सहयोग पुर्याउँछ । हरेक क्षण निरन्तर प्रभावकारी सेवा प्रदान गर्दछ ।

नेफ्स्कुनले आफ्ना नेटवर्कमा रहेका संस्थाको वित्तीय सक्षमता र प्रतिस्पर्धात्मक स्थान कायम राख्न साकोसहरुको कार्यहरु सुधार गर्न र सदस्यहरुलाई सेवा दिने विभिन्न तरिकाहरु पहिचान गर्न सक्षम बनाउने उद्देश्य राखेर कार्यारम्भ गरेको छ । कोभिड पश्चात एकै समयमा यी प्रविधिको उदयले चुनौतिपूर्ण व्यवसायको लागि आवसरहरु सिर्जना गरेको छ । डिजिटल रुपान्तरण व्यवथापन गर्न, थप पारदर्शिता र विश्वासको लागि सरोकारवाको माग पुरा गर्न आवश्यक छ ।

नेफ्स्कुनले सहकारी अभियानमा विद्युतिय प्रणालीहरुको स्तरवृद्धि गर्ने र साकोसहरुलाई व्यवसायीक कार्यहरुमा दक्षताका साथ काम गर्ने र उपकरण र प्रविधिको प्रयोगमा थप चुस्त तरिका लागु गर्नेतर्फ काम गर्दैछ । सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान दिन, नविन अनलाईन बैंकिङ, डिजिटल प्लेटफर्महरु, विभिन्न च्यानलहरुको अन्वेषण र निर्माण, सदस्यहरुको वित्तीय क्षेत्र (बचत, ऋण, बिमा, विप्रेषण, राष्ट्रिय पुँजी निर्माण, सामाजिक पुँजीको विकास) मा नविन अनुप्रयोगहरुको माध्यमबाट रिर्पोटिङ, डाटाको गुणस्तर सुधार मार्फत व्यापक सुचना प्रदायकहरुमा रुपान्तरण गर्दा हाम्रा अभ्यासमा रहेका पुरानो शक्ति र संरचनाहरु नाटकिय रुपमा परिवर्तन हुँदै छन् । सदस्य सेवादेखि मसिन लर्निङसम्म, आर्टिफिसियल इन्टेलिजेन्टदेखि गतिशीलतासम्म, प्रतिस्पधात्मक विद्युतिय वित्तप्रणालीमा वित्तीय सहकारी अभियालाई सापेक्षित बनाउन र विद्यमान संरचनालाई भरपर्दो बनाउन संस्थागत स्रोतको एकीकृत योजनामा परिमार्जन गर्दैछौं । नेफस्कून कोर बैंकीङ्ग प्रणाली, लेखा प्रणाली, सम्पत्ती र दायित्वको व्यवस्थापन, व्यापारिक कार्यविधि र कानूनी संहिताको व्यवस्थापन, स्तरिकरण कार्यक्रमको सुपरिवेक्षण, मानवसंसाधन, पैशाको भुक्तानी समायोजन, तालिम, सुचना प्रणाली आदि विषयलाई डिजिटलाईज र डिजिटलाईजेशनमा गर्ने गरि तयारीमा जुटेको छ ।

नेफ्स्कूनले साकोसको सम्पूर्ण क्रियाकलापलाई डिजिटाईजेशन र डिजिटलाईजेशन गर्दैछ । डिजिटाइजेशन भनेको कम्युटरहरुद्वारा पहिचान गरिएको डेटा भण्डारण, रुपान्तरण, प्रशोधन वा स्थानान्तरण गर्ने विधि हो । डिजिटलाईजेशन भने क्लाउड, ठुला डेटा, सामाजिक सञ्जाल वा मोवाइल अनुप्रयोग जस्ता उदयमान प्रविधिहरुको विकास हो । नेफ्स्कूनले वित्तीय सेवाहरुमा डिजिटल रुपान्तरणको उद्देश्यले सबै बजार र सदस्यहरुले भाग लिन सक्ने इकोसिस्टम विकास गर्न, नयाँ व्यापारका मोडेलहरु तय गर्न खोजिरहेको छ ।

वित्तीय सहकारी अभियानमा डिजिटल रुपान्तरको आवश्यकता र महत्व

उच्च मानकीकरण वा स्तरिकरणः वित्तीय सहकारीहरु बैंक भन्दा विस्तारित हुन्छन् । यस्ता संस्थाले दिने वित्तीय सेवा सँगै सदस्यको सम्पूर्ण वित्तीय समाधानमा केन्द्रित रहनु पर्दछ । सेवा सहितको सफ्टवेरको सदस्यको बीचमा पुर्याउने र सम्पूर्ण समाधान दिनको लागि उच्च प्रदर्शनको रुपमा विचार गर्न आवश्यक हुन्छ । यसको लागि वित्त बजारमा भएका प्रविधि र व्यवसायीक समाधानहरुलाई एकीकृत गरेर उच्च मानकीकरणमा जानु पर्दछ ।

स्वचालित कार्यहरुको प्रभावकारी सञ्चालनः नविन प्राविधिक उपकरणहरुले अपनाउने सेवाहरुको लागि उच्च स्वचालन प्रक्रिया जस्तै खरिद आदेश, सदस्यको जानकारी प्रमाणिकरण, बचत, ऋण, रेमिट्यान्स, बिमा, पुँजी निर्माण, इन्भ्वाइस आदिको व्यावसायिक समाधानमा कागज रहित, पैसा रहित र मानव रहित बनाउनु पर्दछ ।

आन्तरिक सन्चालनको कार्यहरुको कुशल व्यवस्थापनः डिजिटलाईजेशन वित्तीय क्षेत्रको स्रोतलाई सदस्यको लेनदेनमा मात्र केन्द्रित गर्नुको सट्टा प्रतिस्पर्धात्मक कुशलता प्राप्त गर्नमा थप ध्यान केन्द्रित गर्नु पर्दछ । वित्तीय कारोबारका सबै क्षेत्रलाई व्यापकता दिन कर्मचारीको शिप, क्षमता र अभ्यासलाई आम नागरिकको जीवनचक्रमा सहयोगी साथिको रुपमा उतार्दै मानव जीवनको लक्ष्य प्राप्तिका लागि परिणाममुखी बनाउनु पर्दछ ।

परपर्दो र विश्वसनियताः वित्तीय सहकारीमा ठुला तथ्यांक र मेसिन लर्निङ उपकरणहरु जस्ता उदयिमान प्रविधिहरु अपनाएर छोटो समयमा वढी उपलब्धि प्राप्त गर्न सहज हुँदैछ । वजेटको भविष्यवाणी गर्न पूर्वानुमान गर्न सजिलो हुनुपर्दछ । परिस्कृत सदस्य र कर्मचारीको अनुभवः वित्तीय सहकारीमा डिजिटलाइजेसन अपनाएर सदस्य र कर्मचारीलाई एउटै समयमा तथ्य र तथ्यांकको जानकारीको लागि समान स्तर प्रदान गर्दछ । यसरी कारोबारको तत्काल विवरण थाहापाउँदा लेनदेनमा कम अराजकता र बढी विश्सासनियता प्राप्त हुन्छ ।

राम्रो सेवाको उपलब्धताः वित्तीय सहकारीले प्रतिस्पर्धात्मक स्थान कायम राख्न र सेवामा उत्कृष्टता प्राप्त गर्न डिजिटल रुपान्तरणको रणनीति तर्जुमा गरि सञ्चालन प्रणालीलाई स्वचालित गर्नु पर्दछ । वित्तीय प्रणालीमा डिजिटल रुपान्तरणले नीरस कार्यहरुः संहिताको अनुपालन, साइवर जोखिमको न्युनीकरण, लेखा, खाता र रिपोट र विश्लेषणलाई अध्यावधिक गर्न सहजता सिर्जना गर्दछ । नयाँ प्रविधिमा आधारित अन्तरसम्वन्धित र अन्तरनिभर वैधानिक प्रणालीले वित्त प्रणालीको सन्चालन मोडेलमा परिवर्तन ल्याएका छन जसको कारणले सेवाको उपलब्धतामा निरन्तर सुधार वान्छनिय हुन्छ ।

अनुपालन, रिपोटिङ्ग र सुरक्षाः वित्तीय सहकारीमा केही जटिल र कडा अनुपालन र नियामकीय मुद्दाहरु हुन्छन् । यसलाई नियमन गर्न सहकारी विभागले कोपोमिस, सम्पत्ती सुद्धिकरण रिपोटिङ, अनुगमनका मापदण्डहरु परिपालनाको स्तर डिजिटल ढाँचामा फिट गर्नु पर्दछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा खतराको बढ्दो दायरालाई प्रतिबिम्बित गर्न प्रविधिले अझैपनि नवप्रवर्तन र वृद्धिलाई सम्बोधन गर्ने च्यानलहरु सञ्चालत गर्नु पर्दछ । यसको लागि सुरक्षा प्रोटोकल बढाउनु तथ्य र तथ्यांकलाई साईबर हमलाबाट जोगाउनु पर्दछ ।

प्रमाणीकृत सफ्टवेरहरुको उपयोगः बढ्दो विद्युतिय प्रविधिमाथिको निर्भरताले प्रतिस्पर्धात्मक बजारमा विभिन्न सफ्टवेरहरु भित्रिन्छन् । सफ्टवेरहरुमा आधारभुत मानकहरुको सुनिश्चिताको लागि सम्वद्ध र सरोकारवाला निकायहरुले प्रविधि र उपकरणहरुलाई संस्थागत रुपमा प्रमाणीकृत गर्नु पर्दछ ।

वदलिदो परिवेशमा वित्तीय सहकारीहरुले परम्परागत रुपमा सन्चालन गरेर आफ्नो अस्थित्व बचाउन सक्दैनन् । वित्तीय सहकारीको स्थायीत्व, सुरक्षा र दिगो विकासको लागि डिजिटल रुपान्तरणको रणनीति लागु गर्नु पर्दछ । अब संस्था सञ्चालनका प्रक्रियाहरु स्वचालित बनाउनु पर्दछ । समयवद्ध कार्य गर्न, नियामक निकायका समय सिमा पुरा गर्न, वित्तीय परिचालन र लेनदेन जोखिमहरु सुचना प्राप्त गर्न, सहकारी अभियानको स्रोतको एकीकृत उपयोग गर्न र प्रविधिमा लगानी गरेर साकोस अभियानलाई अझै प्रतिस्पर्धी वनाउन नेफ्स्कुनले नेतृत्वदायि भूमिका निर्वाह गरेको छ । नेफ्स्कूनले आफ्ना सदस्य संस्थाको व्यापर प्रक्रियाहरुलाई अनुकुलन गर्न, प्रभावकारी रुपमा सञ्चालन गर्न र कुशल व्यवस्थापन गर्न सेवाको गुणस्तरलाई अझ सहज गर्नु पर्दछ । व्यापारमा देखिएको विविधिकरणलाई एउटामात्र सफ्टवेरको सिर्जनाको माध्येबाट वित्तीय क्षेत्रका सम्पुर्ण समाधान दिन नवसिर्जनाहरु सम्वोधन गर्दैछ । नेफ्स्कून यतिबेला स्मार्ट, छिटो र थप प्रभाकारी प्रणालीमा आफ्नो फोकस बनाउँदै सदस्यहरुलालाई डिजिटल च्याम्पियन बन्ने समय हो । नेफ्स्कून सदस्य संस्थाको यिनै चाहनालाई सम्बोधन गर्न थप व्यापक संगठनात्मक सञ्जाल निर्माण, प्रक्रियागत दक्षता बृद्धि, सुधारिएको सदस्य सुचना प्रणाली, उचित लाभको लागि उत्प्ररकको रुपमा प्रविधि विकास गर्न सम्पुर्ण शक्ति, समय र ध्यान केन्द्रित गरेको छ । वित्तीय सहकारीमा वित्त प्रणालीमा स्थिरता कायम गर्न, प्रविधि र उपकरणको सुलभ उपलब्धतालाई सुनिश्चीत गर्न र सफ्टवेरमा एकरुपता कायम राख्न नेफ्स्कूनले एकीकृत स्रोत योजनाको रणनीतिलाई कार्यान्वय गर्दैछ ।

(लेखक पौड्याल नेफ्स्कूनका अध्यक्ष हुनुहुन्छ)

अभिलेख

लोकप्रिय