२१ भदौ २०८३, आईतवार

विश्वासिलो बचतमा गाभियो थप तीन सहकारी

२०७९ वैशाख ११, आईतवार
विश्वासिलो बचतमा गाभियो थप तीन सहकारी

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिका–८ मढेलामा केन्द्रीय कार्यालय रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थामा थप ३ वटा सहकारी एकीकरण भएका छन् ।

बारबर्दिया नगरपालिका–६ को निगरानी महिला कृषि सहकारी संस्था लि., बारबर्दिया नगरपालिका–१० को दिया महिला कृषि सहकारी संस्था लि. र मधुवन नगरपालिका–१ को पारिजात महिला कृषि सहकारी संस्था लि. बीच एकीकरण भएको हो । एकीकरणपछि संस्थाको नाम विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. कायम भएको छ ।

लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सहकारी दर्ता अधिकारीको कार्यालय दाङबाट वैशाख ४ गते स्वीकृति प्राप्त गरेको थियो । यसअघि १ असोज ०७६ मा पनि ३ वटा सहकारीबीच एकीकरण भएको थियो ।
बर्दिया जिल्लाका सबै (८ वटै) स्थानीय तहमा संस्थाले कारोबार विस्तार गरेको छ । संस्थाको २० सेवा केन्द्र छन् । संस्थाको ६० करोड ५७ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा रिजालका अनुसार १९ हजार ७ सय १५ सदस्य छन् । ३ जेठ २०५२ मा स्थापना भएको यो सहकारी २८ जना मात्र शेयर सदस्य र २८ हजार शेयर पूँजीबाट सुरु भएको हो । संस्थाले बढीमा ५० लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । सहकारीमा ६५ जना कर्मचारी कार्यरत छन् । विश्वासिलोले सदस्यलाई मोबाइल एप्स, इन्टरनेट बैकिङ, एसएमएस अलर्ट सेवा प्रदान गरेको छ ।

अभिलेख

लोकप्रिय