२४ कात्तिक २०८३, मङ्गलबार

तरलताको चाप केही समय रहन्छः कामु गभर्नर

२०७८ चैत २९, मङ्गलबार
तरलताको चाप केही समय रहन्छः कामु गभर्नर

काठमाडौं : काठमाडौंमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताउनुभएको छ ।

ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने उल्लेख गर्नुभयो ।

बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको भन्दै उहाँले ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र तलमाथी भएको जनाईन । उहाँले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताउनुभयो ।

नेपालको गरिबी निवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय