१८ भदौ २०८३, बिहिबार

को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम सुरु

२०७८ चैत २५, शुक्रबार
को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम सुरु

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ आजबाट सुरु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटल शुरु भएको फोरम २ दिनसम्म चल्ने छ । युवाहरुलाई उद्यममा लगाउन प्रेरणा प्रदान गर्ने गरी फोरममा छलफल हुनेछ ।

महासंघका सञ्चालक तथा कार्यक्रम संयोजक सागर ढकालको सभापतित्व सुरु भएको उद्घाटन सत्रको प्रमुख अतिथि शिक्षा मन्त्री देवेन्द्र पौडेल रहनुभएको छ ।

कार्यक्रममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल तथा प्रस्तुती रहनेछ । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय