१८ भदौ २०८३, बिहिबार

आजबाट को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम

२०७८ चैत २५, शुक्रबार
आजबाट को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम

काठमाडौं : राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित ‘को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ आजबाट हुने भएको छ । युवाहरुलाई उद्यममा लगाउन प्रेरणा प्रदान गर्नेगरी फोरममा छलफल हुने जनाइएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा हुने कार्यक्रम भोलि शनिबारसम्म चल्ने कार्यक्रम संयोजक तथा महासंघका सञ्चालक तथा कार्यक्रम संयोजक सागर ढकालले जानकारी दिनुभयो ।

‘दुई वर्षसम्म हामीले कोभिड महामारीसँग जुध्यौं । कोभिड पछि युवाहरु धेरै बेरोजगार भइरहेको अवस्था छ । यही सन्दर्भमा युवाहरुलाई के कसरी उद्यममा लगाउन सकिन्छ भन्ने सन्दर्भमा कार्यक्रममा विस्तृत छलफल हुनेछ,’ ढकालले भन्नुभयो, ‘काम गर्न तथा उद्यममा लाग्नका लागि नीतिगत रुपमा कहाकहाँ अप्ठ्यारो छ सो विषयमा पनि हामीले छलफल गर्नेछौं ।’ महासंघद्वारा आयोजित युथ फोरम कार्यक्रम युवा उद्यमशीलताका सन्दर्भमा कोशेढुंगा सावित हुने ढकालले भनाई छ ।

कार्यक्रममा देशभरको प्रतिनिधित्व हुने गरी सहकारीकर्मीहरुको उपस्थिति रहने ढकालले जानकारी दिनुभयो । सो अवसरमा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल तथा प्रस्तुती रहनेछ । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए । समग्रमा सहकारीमार्फत युवा उद्यमशीलता बृद्धि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

 

अभिलेख

लोकप्रिय