सहकारीले उद्योग खोल्न पाउने कानुनी बाटो खुल्यो
काठमाडौं : अब सहकारी संस्थाहरुले पनि उद्योग खोल्न पाउने भएका छन् । औद्योगिक व्यवसाय नियमावली, २०७८ अनुसार सहकारी संस्थाले उद्योग दर्ता गर्न पाउने राजपत्रमा उल्लेख गरेको हो । सरकारले उत्पादन सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय सहकारी संस्थाले उद्योग दर्ता गर्न पाउने छन् ।
तर, बचत तथा ऋण सकारी सम्बन्धी कारोबार गर्ने वित्तिय सहकारी संस्था वा संघले उद्योग दर्ता गर्न पाउने छैन । दर्ता भई सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाले ऐनको दफा १७ को उपदफा ९५० बमोजिम उद्योग दर्ता गर्न चाहेमा ऐन तथा यस नियमावली र संस्थाको विनियमको अधीनमा रही उद्योग दर्ता गर्न सक्नेछन् ।
जसमा घरेलु तथा साना उद्योगको हकमा १५ हजार, मझौला उद्योगको हकमा ५० हजार ठूलो उद्योगको हकमा १ लाख ५० हजार रुपैयाँ रकम तिरेर सञ्चालन अवधिको थप गर्न सक्ने व्यवस्था गरेको छ ।
राजपत्रअनुसार उद्योग स्थापना गर्न स्वीकृत लिनुपर्नेछ । साथै, पूँजी वृद्धि क्षमता वृद्धि वा उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्ने जनाएको छ । सरकारले गत सोमबार राजपत्रमा नियमावली सार्वजनिक गर्दै औद्योगिक व्यवसायमा आवश्यक विभिन्न नियमावलीको व्यवस्था गरेको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार