२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी युवा उद्यमशीलता फोरम: तयारी अन्तिम चरणमा, अब केही सिट मात्र बाँकी

२०७८ चैत २२, मङ्गलबार
सहकारी युवा उद्यमशीलता फोरम: तयारी अन्तिम चरणमा, अब केही सिट मात्र बाँकी

काठमाडौं : सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा चैत्र २५ र २६ गते हुने ‘को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । फोरमको सह आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

सहभागिताको लागि नाम दर्ताको काम भने भईरहेको छ । कार्यक्रममा सहभागिता जनाउन केही सिट मात्र बाँकी रहेको महासंघले जनाएको छ ।

फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताउनुभयो । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने ढकालले जानकारी दिनुभयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिनुभयो ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको ढकालको भनाई छ । ‘युवाहरुलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागीता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौैं’, संयोजक ढकालले भन्नुभयो, ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दवाव सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’

फोरममा करिब एक दर्जन सहकारी, कम्पनीहरु समेत जोडिएका छन् । भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्था सह आयोजको रुपमा रहेको छ । तस्तै कृषि पार्टनरमा मुक्तिनाथ कृषि कम्पनी, बैंकिङ पार्टनरमा ग्लोबर आईएमई बैंक, सहकारी पार्टनरहरुमा आईएमई कोअपरेटिभ, राष्ट्रिय सहकारी बैंक, शुक्रपथ बहुउद्देश्यीय सहकारी र स्वर्णलक्ष्मी सहकारी संस्था रहेका छन् । त्यस्तै इन्स्योरेन्स पार्टनरमा आईएमई इन्स्योरेन्स, रेमिट पार्टनरमा आईएमई, डेभलपमेन्ट पार्टनरमा गुड नेगर्वस, सपोर्ट पार्टनर आईएमई ग्रुप, आईटी पार्टनर इन्फो डेपलर्पस, मिडिया पार्टनर ग्यालेक्सी फोरके र सहकारीखबर रहेका छन् ।

कार्यक्रममा कसरी सहभागिता जनाउने?

कार्यक्रममा सहभागिता जनाउन आयोजक संस्था महासंघले गुगल फर्म तयार पारेको छ । सोही फर्म भरेर कार्यक्रममा सहभागिता जनाउन सकिने महासंघले जनाएको छ ।

तल दिएको लिंकमा क्लिक गरेर गुगल फर्म भर्न सक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSe7R19jaNXjl6OAkB_z_PcMveX5tcg2YGDXmgAglJVYcIzEkg/viewform

अभिलेख

लोकप्रिय