ललितपुर जिल्ला संघको अध्यक्षमा केदार गोर्खाली विजयी
ललितपुर : जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको ३० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा केदार गोर्खाली निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मत परिणाम आज बिहान घोषणा गरिएको थियो । केदार गोर्खालीले २३९ मत ल्याई विजयी हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी राजेन्द्र पौड्यालले १५३ मत ल्याउनुभएको थियो । निर्वाचनमा कुन ४ सय २२ मत खसेको थियो ।
त्यस्तै उपाध्यक्षमा रामशरण बस्नेत २५२ मत लाई विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी विभुशोन शाक्यले १५३ मत ल्याएका थिए । त्यस्तै महिला उपाध्यक्षमा २३७ मत ल्याई विजयी हुनुभएको छ । त्यस्तै सचिवमा २७२ मत ल्याई अनिलविर बज्राचार्य विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी शशिधर पोखरेलले १२८ मत ल्याएका थिए ।
यस्तै निर्वाचनबाट महिला सदस्यहरुमा सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिं तथा शर्मिला तिमल्सिना बिजयी भएका छन् ।
निर्वाचनले संचालक समिति (संघ) तर्फ पुरुषोत्तम बजगाई, खुला सञ्चालक समितितर्फबाट नव राज बिष्ट, शम्भु प्रसाद पौडेल, राम भक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन चुनेको छ । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जन निर्वाचित हुनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
