पोखरा रोयलको छुनुमुनु खुत्रुके योजना: २१४ जना बाल बचत कर्तालाई खुत्रुके वितरण
पोखरा : ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बाल बचतकर्ताहरुको लागि छुनुमुनु खुत्रुके योजना अन्र्तगत पहिलो दिन २ सय १४ जनालाई ‘सेभिङ्ग बक्स’ वितरण गरिएको छ ।
छुनुमुनु बाल बचत योजनामा सहभागी कनिष्ट बचतकर्ता मिसन गिरीलाई सेभिङ्ग बक्स प्रदान गर्दै संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरा लगायत सेवाकेन्द्रहरु दुलेगौंडा, तनहुँ भण्डारढिक कास्की र मोहरिया कास्कीबाट एकैपटक छुनुमुनु बचत योजनामा आवद्ध बाल बचतकर्ता र अभिभावकहरुको रोहबरमा छुट्टा छुट्टै कार्यक्रमका बीच सेभिङ्ग बक्स वितरण गरिएको हो ।

खुत्रुके बक्स वितरण कार्यक्रम प्रधान कार्यालय पोखरामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सेवाकेन्द्र भण्डारढिकमा उपाध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङ्ग, सेवा केन्द्र मोहरियामा सञ्चालक उमा परियार र सेवा केन्द्र दुलेगौडामा सञ्चालक एक बहादुर गुरुङ्गले प्रदान गर्नुभएको थियो ।
संस्थामा आवद्ध सदस्यका बाल बच्चाहरुलाई सानै उमेरबाट बचत गर्ने बानी बसाल्नको लागि यो अभियान शुरु गरिएको हो ।
“सानो हुँदा वचत ठुलो भएपछि योजना” भन्ने मूल उद्देश्यका साथ भविष्यमा आफुले बनाएका योजनालाई सफल र मूर्त रुपमा अगाडी बढाउन सहयोग पुग्ने र यो अभियान सबै बाल बचत कर्ताहरु सम्म पुर्याउने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
