बागमती प्रोस्कूनले स्तरीकरण कार्यक्रम ‘कोशिस’ सञ्चालन गर्ने, मन्त्रालयसँग सम्झौता
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले स्तरीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुको स्वः नियमन क्षमता अभिवृद्धि एवम् सञ्चालन क्षमता र व्यवसायिक क्षमता विकास गर्दै स्तरीय सहकारी संस्था निर्माण गर्ने उद्देश्यका साथ स्तरीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
स्तरीकरण कार्यक्रम नाम Cooperatives self-regulation program for Organizational sustainability and Institutionalized Services (COSIS) दिईएको छ ।
बागमती प्रदेश सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यमा हुने स्तरीकरण कार्यक्रम मार्गदर्शन पुस्तिका (सूचाङ्क) स्वीकृत गर्दै कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र बागमती प्रोस्कून बीच १३ बुँदे समझदारी आज सम्पन्न भएको छ ।
मन्त्रालयका सचिव बलराम निरौलाको रोहबरमा बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञावाली र संघका अध्यक्ष उद्धव सापकोटा बीच भएको समझदारीमा कार्यक्रमको अन्तिम परीक्षणमा समेत मन्त्रालयको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
कार्यक्रममा सहभागी भई तोकिएको समयमा परीक्षण गर्दा उर्तीण हुने सहकारी संस्थाहरुलाई बागमती प्रदेश सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रोस्कूनले संयुक्त हस्ताक्षर गरी प्रमाणीकरण गर्ने व्यवस्था भएको छ ।
आज हेटौंडामा भएको कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौला, प्रदेश सहकारी रजिष्ट्रार नारयणप्रसाद ज्ञावाली, संघका अध्यक्ष उद्धव सापकोटा र संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
बागमती प्रोस्कूनले असार भित्र ६० वटा सहकारीलाई ब्राण्डमा सहभागि गराउने लक्ष्य लिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यो कार्यक्रममा बागमती प्रदेश भित्रका बचत तथा ऋण सहभागी हुन सक्नेछन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार