महिलालाई उद्यमसँग जोड्दै नेपालगन्जका सहकारी
घरबारी टोल बस्ने कमला कोरी न्यू रोडस्थित भानु चोक अगाडि ठेलामा सिजनल व्यवसाय गर्छिन् । सिजन अनुसार गर्मी मौसममा हरियो मकैं अनि जाडो मौसममा बदाम बिक्री गरेर उनको परिवारको गुजारा चलेको छ । सानो व्यवसाय भएपनि यसले उनको परिवारलाई ठुलै गुन लगाएको छ । उनको आर्थिकस्तर पनि बढदै गएको छ ।
जी. थापा/नेपालगञ्ज
२०५२ सालमा समूहमा बचत गर्दा ऋण लिन डराउने कमलाले अहिले सिजनमा १ लाखदेखि १ लाख ५० हजारसम्म ऋण लिएर कारोबार गर्ने गर्छिन् ।
नेपालगन्जको सल्यानीबाग वडा नम्बर ४ निवासी मन्सी राना मिलिजुली समूहमा आवद्ध भएको करिब २५ वर्ष भयो । अहिले उनले मिलिजुली समुहमा मासिक ३ सय रुपैयाँ बचत गर्ने गर्छिन । २०५२ तिर मिलिजुली समूहमा बस्दा २ रुपैयाँ, ५ रुपैयाँ हुँदै १० रुपैयाँ मासिक बचत गर्ने गरेको स्मरण गर्छिन् उनी ।
समूह बस्ने र बचत गर्ने बानीले दैनिक खर्च र घर खर्च चलाउन निकै सहज भएको रानाको अनुभव छ । अहिले राना र उनको छोरा–बुहारी आप्mनो घर नजिक फरक–फरक ठाउँमा खुद्रा पसल संचालन गर्दै आएका छन् । समुहले आफ्नो जीवनस्तर र परिवारमा सहयोग पुगेको अनुभुति सुनाइन रानाले कालपृष्ठ दैनिकसँग ।
२०६५ सालमा घरबारी (लोनियन) समूह, बसपार्कमोड समूह र कोरियनपुर समूहका २९ जना महिला सदस्यहरुको सामुहिक सक्रियातामा दशकअघि सहकारी डिभिजन कार्यालय, बाँकेमा सहकारी दर्ता भई संचालनमा आएकोमा उनी गर्भ गर्छिन् । ‘आफ्नै सहकारी भएकोले ऋण लिन र व्यवसाय गर्न सहज भएको छ’, उनले थपिन् ।
कमला कोरी र मन्सी राना त उदाहरणीय पात्र मात्र हुन् । उनी जस्तै धेरै महिलाहरुले नमूना बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध रहेर आयमूलक क्षेत्रमा सक्रिय छन् ।
समुदायमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकत्रित गर्दै सहकारीको माध्यमबाट महिलाहरुलाई उत्पादनशील क्षेत्रमा आकर्षित गरिनु आपैmमा एउटा उपलब्धि बनेको छ ।
दिनहुँ आवश्यक पर्ने खाद्यवस्तु तथा तरकारी किन्दा बचेको पैसालाई खुत्रुकेमा जम्मा गर्ने, नियमित बचत गर्ने बानीले नै सहकारी स्थापना गरी स्वरोजगारको अवसर सृजना गर्ने आधार तयार भएको नमूना बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सुनिता बोहरा बताउँछिन् ।
सीमान्तकृत महिलाहरुलाई सानो पुँजी लगाएर लघु व्यवसाय संचालनका लागि सामुदायिक सहकारीहरु राम्रो विकल्पको रुपमा देखापरेको छ ।
सहकारीले महिलाहरुलाई सानो पुँजीको व्यवस्थापन र परिचालनमा जागरुक बनाएको छ । ठूला व्यवसायिक बैंकहरुमा पहुँच नपुगेका न्यून आय भएका महिलाहरुका लागि सहकारी सारथी बनेको छ ।
नमुना बहुउद्देश्यीय सहकारी संस्थामा एक दशकदेखि निरन्तर सेवारत व्यवस्थापक जगत कोइराला पनि सहकारीमा बचत गर्ने अधिंकाश महिला सदस्यहरु आयआर्जन पेशामा लागेको देख्दा सन्तुष्टि व्यक्त गर्छन् ।
एक दशकअघि ५० रुपैयाँ मासिक बचत गर्नका लागि आनाकानी गर्ने त्यही महिला सदस्यहरु आज–भोलि तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म समूह बचत गर्ने गर्छन् । यस सहकारीले प्रक्रिया पु¥याएर आप्mना सदस्यहरुलाई १ लाख ५० हजारसम्म बिना धितो ऋण उपलब्ध गराउने भएकोले सानो पुँजी लाग्ने खालका ठेलामा राखेर गरिने सिजनल व्यवसायहरु जस्तैः हरियो मकै ममफली, चाट नास्ता पसल, तरकारी फलपूल व्यवसायमा लागेका महिलाहरुको संलग्नता उल्लेख्य छ ।
बाँकेमा विभिन्न क्षेत्रमा लागेर काम गर्ने सहकारीको संख्या बढ्दो क्रममा छ । थुप्रै चुनौतिका बिच सहकारीले स्थानीय व्यापारलाई प्रवद्र्धन गरेका छन् ।
स–साना पुँजी भएका मानिसलाई आर्थिक अवस्था माथि उठाउन सहकारी शसक्त माध्यम भएको बताउँछिन् भेरी वित्तीय सहकारी संस्था लिमिटेडकी व्यवस्थापक शोभा गुरुङ ।
कालपृष्ठ दैनिकमा प्रकाशित समाचार सम्पादकसँगको सहकार्यमा प्रकाशित गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार