सुशासन प्रवर्धनमा अभियान र सरकारको सहकार्य र समन्वय आवश्यकः प्रधानाङ्ग
काठमाडौं : नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारी क्षेत्रलाई सुशासित, मर्यादित र प्रविधिमैत्री बनाउन अभियान र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को अन्तर्य पनि त्यही भएको बताउनुभयो ।
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी विभागद्वारा आयोजित विशेष समारोहमा बोल्नुहुँदै प्रधानाङ्गले नीतिगत तथा कानुनी अड्चनहरु समाधानसँगै सुशासन प्रवर्धनमा पनि अभियान र सरकारको सहकार्य र समन्वय आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाँले केही खराब सहकारीहरुको कारण असल सहकारीहरु ओझेलमा परेको बताउँदै द्धिपक्षीय सहकार्यका आधारमा यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी अभियान र सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । अभियान र सरकार बीच सहकार्यका लागि विभाग सधै तत्पर रहेको स्पष्ट पार्नुभयो ।

रजिष्ट्रार पण्डितले विभागमा आएपछि भएका उपलब्धिहरु बारे जानकारी गराउँदै सन्दर्भ ब्याजदरको मुद्दा सम्बोधन भएको, स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण आदि गठनका सम्बन्धमा प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
स्थिरीकरण कोषमा सरकारको पनि योगदान आवश्यक भएको निष्कर्षसहित विभागीय मन्त्रालयमा पत्राचार गरिएको, ८८ बुँदे संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको, केही दिनमै सातै प्रदेशका सहकारी रजिष्ट्रार, स्थानीय सरकार, महासंघ र नेफ्स्कून आदिको सहभागितमा गोष्ठी गर्न लागिएको जानकारी उपलब्ध गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बाले सहकारीको सञ्जाल देशभर फैलिएको बताउँदै अभियानप्रति सञ्चार जगत लगायत नागरिक समाजको चासो बढेको दाबी गर्नुभयो । उहँले अबको अभियानको ध्यान मर्यादित, सुशासित र दिगो बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यीनै विषय यस वर्षको राष्ट्रिय सहकारी दिवसको थिमले अवलम्बन गरेको बताउनुभयो । महाप्रबन्धक सुब्बाले आजको पुनित दिनले सरकार र अभियानलाई नै सहकारी क्षेत्रलाई मर्यादित र प्रविधिमैत्री बनाउने विषयमा हातेमालो गरेर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले एक अर्कालाई आरोपप्रत्यारोप गरेर नभई सहकार्य गरेर अघि बढ्नु लाभदायक हुने धारणा राख्नुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार