१९ भदौ २०८३, शुक्रबार

सहकारी महासंघले घोषणा गरेको वर्ष २०७८ को उत्कृष्ट सहकारी संघ/संस्था

२०७८ चैत १९, शनिवार
सहकारी महासंघले घोषणा गरेको वर्ष २०७८ को उत्कृष्ट सहकारी संघ/संस्था

ललितपुर : राष्ट्रिय सहकारी महासंघले २०७८ सालका उत्कृष्ट सहकारी संघ संस्थाको नाम घोषणा गरेको छ ।

महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न विधामा पुरस्कृत हुने उत्कृष्ट सहकारी संघ/संस्था, अभियन्ता र कर्मचारी घोषणा गरेको हो ।

महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुने भएको छ । उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत हुने छ ।

पुरस्कार छनोट उपसमितिका संयोजक तथा महासंघका संचालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम घोषणा गर्नुभएको थियो । महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ बाट सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.,निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा,बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलाली पुरस्कृत हुने भएको छन् ।

महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने छ ।

अभिलेख

लोकप्रिय