सिको साकोसलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७८
ललितपुर : बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ पाउन सफल भएको छ ।
राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशबाट सिको साकोसलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्नेछ ।
२०५० साल असोज ९ गते स्थापना भएको सिको साकोस बर्दिया जिल्लाकै पहिलो सहकारी यो । सिको साकोस समुदायमा आधारित नेपालै उत्कृष्ट सहकारीको रुपमा परिचित छ ।
२०५० साल असोज ९ गते स्थापना भएको सिर्जना बचत तथा ऋण सहकारी संस्था बर्गदा, २०५६ सालमा स्थापना भएको कोशेली बचत तथा ऋण सहकारी संस्था वकुवा र २०६७ चैत्रमा दर्ता भएको लक्ष्मी बचत तथा ऋण सहकारी भुरीगाउँ तिनवटै संस्थाको साधारण सभाबाट प्राप्त मार्गदर्शन र म्याण्डेटको आधारमा मिति २०७५असार १ गते एकिकरण सम्पन्न भई सिको बचत तथा ऋण सहकारी संस्था गठन तथा दर्ता भएको थियो ।
संस्था नेपाल सरकारबाट समेत पुरस्कृत भैसकेको छ । त्यस्तै नेफ्स्कूनले पनि पुरस्कृत गरिसकेको छ । संस्थाबाटै प्रतिनिधित्व गरी अध्यक्ष दामोदर अधिकारी नेफ्स्कूनको महाचिव समेत हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
