२४ कात्तिक २०८३, मङ्गलबार

विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार

२०७८ चैत १९, शनिवार
विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार

ललितपुर : राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार दिने घोषणा गरेको छ । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने छ ।

घिमिरे ५० वर्षभन्दा अघिदेखि सहकारी अभियानमा क्रियाशिल हुनुहुन्छ । २०२८ सालमा सहकारीको कर्मचारीको रुपमा उहाँ प्रवेश गर्नुभएको हो । राष्ट्रिय सहकारी महासंघको स्थापनामा समेत उहाँको ठूलो योगदान छ ।

महासंघको लामो समय सञ्चालक हुँदै उपाध्यक्षसम्म बन्न सफल हुनुभएको थियो ।

अभिलेख

लोकप्रिय