२४ कात्तिक २०८३, मङ्गलबार

ललितपुर संघको निर्वाचनमा संयुक्त प्यानलबाट केदार गोर्खाली अध्यक्षको उम्मेदवार

२०७८ चैत १८, शुक्रबार
ललितपुर संघको निर्वाचनमा संयुक्त प्यानलबाट केदार गोर्खाली अध्यक्षको उम्मेदवार

ललितपुर : जिल्ला सहकारी संघ ललितपुरको निर्वाचनमा ४ राजनितिक दल समर्थक सहकारीकर्मीको संयुक्त प्यानल बनेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल समर्थक सहकारीकर्मीहरुको संयुक्त प्यानल बनेको छ । चार वटै दल समर्थक सहकारीकर्मीहरुले संयुक्त रुपमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । तर, केही सहकारीकर्मीहरुले भने स्वतन्त्र ढंगले उम्मेदवारी दिएका छन् ।

संघको ३० औं वार्षिक सधारण सभा चैत २० गते (पर्सी) सम्पन्न हुँदैछ । २० गते हुने निर्वाचन सहितको साधारण सभामा आज उम्मेदवारी दर्ता कार्यक्रम रहेको थियो ।

संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार केदार गोर्खाली भएका छन् । श्री विश्वश्री बहुउद्देश्यीय सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै गोर्खाली अध्यक्षको उम्मेदवार बनेका हुन् । त्यस्तै अध्यक्ष पदका लागि राजेन्दै पौड्याल र विनोद डंगोलले पनि उम्मेदवारी दिएका छन् । पौड्याल मनासलु बहुउद्देश्यीय सहकारी संस्था र डंगोल सुनाकोठी बहुउद्देश्यीय सहकारी संस्थाबाट प्रतिनित्व रहेको छ । पौड्याल र डंगोल नेपाली कांग्रेस समर्थक सहकारीकर्मी हुन् । तर, दुबैजना टिममा भने पर्न सकेनन् ।

त्यस्तै संयुक्त प्यानलबाट उपाध्यक्षमा रामशरण बस्नेत उम्मेदवार बनेका छन् । बस्नेत हाल पनि उपाध्यक्ष नै छन् । त्यस्तै उपाध्यक्षमा विभुशोन शाक्यले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा संयुक्त प्यानलबाट शशि खड्का उम्मेदवार बनेका छन् । त्यस्तै उपाध्यक्षमा इन्दिरा देवी बजर्गाईले पनि उम्मेदवारी दिनुभएको छ । संयुक्त प्यानलबाट सचिवमा अनिल वीर बज्राचार्य, कोषाध्यक्षमा रुपेश तिमल्सिना उम्मेदवार बनेका छन् ।

प्यानलबाट महिला सदस्यमा सुस्मा भुजेल, इन्द्रकुमारी थापा, शान्त लक्ष्मी खड्की, सर्मिला सिं र सर्मिला तिमल्सिना उम्मेदवार बन्नुभएको छ । विषयगत संघ सञ्चालकमा पुरुषोतम बजगाई निर्विरोध चयन भएका छन् । त्यस्तै खुला सदस्यमा नवराज विष्ट, शम्भुप्रसाद पौडेल, रामभक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन उम्मेदवार बनेका छन् । त्यस्तै लेखा समिति संयोजकमा उपेन्द्र अवाले र सदस्यहरुमा बद्रीप्रसाद सञ्जेल र महेन्द्रकुमार महर्जन उम्मेदवार बनेका छन् ।

७ सय ८४ सदस्य रहेको संघमा ४ सय ३२ संस्थाबाट मात्र प्रतिनिधि आएका छन् ।

अभिलेख

लोकप्रिय