२४ कात्तिक २०८३, मङ्गलबार

पशुपंक्षी पालन र मत्य केन्द्रीय संघ गाभिए

२०७८ चैत १७, बिहिबार
पशुपंक्षी पालन र मत्य केन्द्रीय संघ गाभिए

काठमाडौं : दुई केन्द्रीय सहकारी संघ पशुपंक्षी पालन र मत्य गाभिएका छन् । दुवै केन्द्रीय संंघ गाभिएर पशुपन्क्षी पालन मत्य सहकारी केन्द्रीय संघ गठन भएको छ ।

सहकारी विभागले चैत १५ गते एकीकरण स्विकृती प्रदान गरेको हो । पशुपंक्षी पालन केन्द्रीय संघ आर्थिक वर्ष २०७१/०७२ र मत्य केन्द्रीय संघ २०६९/0७० मा दर्ता भएको थियो ।

एकीकृत संघको अध्यक्षमा पशुपंक्षीपालनका अध्यक्ष बाबुराम अधिकारी चयन भएका छन् । यसैगरी दुवै संघको संचालक समिति गरी १९ जनाको संचालक समिति समेत गठन गरिएको छ ।

मत्यपालन सहकारीको २ जिल्लामा जिल्ला संघ र ३५ वटा प्रारम्भिक संस्था गठन भएको छ । यसैगरी देशभर ५४ वटा पशुपन्छीपालन सहकारी संस्था संक्रिय रहेका छन् । दुवै संघको विषय एक अर्कामा सम्बन्धित भएकाले एकीकरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसअघि तरकारी तथा फलफुल र विउविजन सहकारी संघ एकीकरण भएर कृषि विउविजन, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघ बनेको थियो ।

अभिलेख

लोकप्रिय