२४ कात्तिक २०८३, मङ्गलबार

यसरी मनाउँदै छ, जिल्ला सहकारी संघ काठमाडौंले सहकारी दिवस

२०७८ चैत १७, बिहिबार
यसरी मनाउँदै छ, जिल्ला सहकारी संघ काठमाडौंले सहकारी दिवस

काठमाडौं : नेपालका सहकारीकर्मीहरुको राष्ट्रिय पर्व ‘राष्ट्रिय सहकारी दिवस’ को अवसरमा जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा विविध कार्यक्रम हुने भएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संघले प्रारम्भिक संस्थाको समेत सहकार्यक्रमा विविध कार्यक्रम गर्न लागेको हो । बुधबार संघले सहकारी दिवसको अवसरमा गर्ने कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ ।

संघले चैत १८ गते वृद्धाआश्रममा खाद्यन्न सामग्री वितरण तथा फुलसहितको गमला वितरण, सहकारी सम्बन्धी छलफल तथा अन्तरक्रिया, जेष्ठ नागरिकलाई भोजन तथा फलफुल वितरण लगायत विविध कार्यक्रम गर्ने भएको छ ।

अभिलेख

लोकप्रिय