१८ भदौ २०८३, बिहिबार

सबै सहकारीले सम्पति शुद्धिकरणको रिपोटिङ सफ्टवेयरमार्फत नै गर्नुपर्ने

२०७८ चैत १६, बुधबार
सबै सहकारीले सम्पति शुद्धिकरणको रिपोटिङ सफ्टवेयरमार्फत नै गर्नुपर्ने

काठमाडौं : अब सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा गर्ने रिपोटिङ गोएमएल सफ्टवेयरमार्फत नै गर्नुपर्ने भएको छ । इकाईले सूचना जारी गर्दै २०७९ जेठ एक गतेबाट सिडी, पत्र वा इमेलमार्फत प्रतिवेदन नलिने जनाएको छ ।

अब सहकारी संस्थाहरुले गोएमएल सफ्टवेयरमा दर्ता गरी उक्त सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचनाहरु पठाउनुपर्नेछ । सिमा कारोबारको सूचना एक्सल फरम्याटमा र शंकास्पद कारोबारको सूचना वर्ड वा पिडिएफ र्फम्याटमा पठाउन सक्ने केन्द्रले जनाएको छ ।

सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा सिमा कारोबार र शंकास्पद कारोबारको सुचना दिनुपर्छ । सिमा कारोबार अन्र्तगत कुनै पनि व्यक्तिले एकैपटकमा १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेको त्यसको सूचना केन्द्रमा दिनुपर्छ । यसैगरी कुनै व्यक्तिले शंकास्पद ढंगले कारोबार गरेको पाइएमा पनि त्यसको सूचना केन्द्रलाई दिनुपर्छ ।

हाल बैंक तथा वित्तीय संस्था र विमा कम्पनीमा गोएमएल सफ्टवेयर अनिवार्य गरेपनि सहकारीको हकमा भने १० करोड भन्दा बढि कारोबार गर्ने संस्थाहरुलाई मात्र अनिवार्य गरिएको छ ।

अभिलेख

लोकप्रिय