२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी दिवसमा पाँच तारा सहकारीद्धारा रक्तदान कार्यक्रम

२०७८ चैत १६, बुधबार
सहकारी दिवसमा पाँच तारा सहकारीद्धारा रक्तदान कार्यक्रम

काठमाडौं : ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने तयारी गरिरहेको छ । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट, स्वस्थ्य, शिक्षालगायत सामाजिक कार्य गर्दै आएका छन् ।

काठमाडौंको पुरानो सिनामंगल–३२ मा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले चैत्र २० गते बिहान ८ देखि १२ बजे सम्म संस्था परिसरमा रक्तदान कार्यक्रम हुने संस्थाका व्यवस्थापक साधा कडरियाले जानकारी दिनुभयो ।

सहकारी दिवस तथा संस्थाको १४ औँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) तथा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) पूर्विभेगिए क्षेत्रिय कमिटि कोटेश्वरले सहयोग गरेको छ।

अभिलेख

लोकप्रिय