चन्द्रागिरी साकोसका सदस्यलाई ८ दिनसम्म उद्यमशीलता विकास तालिम
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) ले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्ने अभिप्रायले उद्यमशीलता विकास तालिम आजबाट सुरु गरेको छ ।
लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा ८ दिनसम्म चल्ने उक्त तालिम आजबाट सुरु भएर चैत्र २२ गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीहरुलाई उद्यमशीलता सम्बन्धी विभिन्न विषयहरुमा प्रशिक्षण दिने कार्यक्रम रहेको साकोसले जनाएको छ ।
तालिममा मुख्यतया व्यावसायिक योेजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापन, बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाटको विषयमा प्रशिक्षण दिईनेछ ।
तालिमको उद्घाटन सत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा. रामजी न्यौपाने, प्रमुख अतिथि लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमका विभिन्न पक्षहरुमा प्रकाश पार्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
