२४ कात्तिक २०८३, मङ्गलबार

यस्तो छ, ललितपुरमा सहकारी दिवस तयारी

२०७८ चैत १४, सोमबार
यस्तो छ, ललितपुरमा सहकारी दिवस तयारी

ललितपुर : ललितपुरमा ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ मुल समारोह समिति गठन गरिएको छ । जिल्ला सहकारी संघ, ललितपुरमा अध्यक्ष माधव दुलालको संयोजकत्वमा मुल समारोह समिति गठन गरी सचिवालय समेत खडा गरिएको हो ।

नेपालको सहकारी अभियान शुभारम्भ भएको ऐतिहासिक दिनको रुपमा वि.सं.२०१३ साल चैत्र २० गतेलाई स्मरण गर्दै सहकारी दिवस मनाउँदै आएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरमा तीन दिन औपचारिक कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ ।

चैत्र १९ गते मंगलबजारमा रक्तदान कार्यक्रम तय भएको छ । त्यस्तै २० गते सहकारी प्रभातफेरी (बिहान ७ बजे) र संघको नवनिर्मित भवनमा दिप प्रज्वलन कार्यक्रम (साँझ ६ बजे) तय गरिएको छ ।

यसैगरी २१ गते ललितपुर महानगरपालिकाको सहकार्यमा सहकारी गोष्ठी, गोदावरी गाउँपालिकाको हलमा रक्तदान र सोही स्थानमा सहकारी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

सहकारी दिवसको दिन आआफ्नो संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गर्न समेत समितिले अनुरोध गरेको छ । सहकारी दिवसको शुभकामना व्यानर कार्यालयमा राख्नुहुन, दिप प्रन्वलन गर्नुहुन, समितिले गरेको कार्यक्रमहरुमा सहभागि हुनुहुन अनुरोध गरेको छ । त्यस्तै सहकारी प्रभातफेरी कार्यक्रममा आआफ्नो संस्थाको व्यानर, प्लेकार्ड, बाजागाजा तथा झाँकीसहित सहभागि हुन अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय