दोलखामा नेकोस प्लस सफ्टवयेर सञ्चालन तालिम
दोलखा : नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत दोलखा जिल्ला बचत संघको आयोजना र नेफ्स्कूनको प्राविधिक संयोजनमा चैत्र १० गते देखि ३ दिने नेकोस प्लस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम चरिकोटमा सुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्काले गर्नुभयो भने नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेफ्स्कूनले दोलखा जिल्लालाई साकोस एकरुपता प्रणाली को नमुना जिल्ला कार्यान्वयनको विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस अन्तर्गत आवद्ध संस्थाहरुलाई प्रविधिमा सहज पहुँच पुर्याउन यस तालिमको आयोजना गरेको हो । तालिममा २५ वटा संस्थाका ३० जना भन्दा बढि सहभागीहरु हुनुहुन्छ ।
तालिमको सहजीकरण जिनोब इन्कका प्रमुख कार्यकारी अधिकृत राजिब कर्ण र नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
