२४ कात्तिक २०८३, मङ्गलबार

राष्ट्रिय सहकारी महासंघको सदस्यता शुद्धिकरण अभियानः २२ संघको सदस्यता खारेज

२०७८ चैत ८, मङ्गलबार
राष्ट्रिय सहकारी महासंघको सदस्यता शुद्धिकरण अभियानः २२ संघको सदस्यता खारेज

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान अन्तर्गत निश्क्रिय सदस्यको सदस्यता खारेज गरेको छ । महासंघको सोमबार बसेको १९९ औं बैठकले निश्क्रिय रहेका २२ वटा संघको सदस्यता खारेज गरेको हो ।

महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारी संघसंस्थालाई सुसाशनमा ल्याउन सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरिएको बताउनुभयो । ३३५ वटा संघ महासंघको सदस्य भएकोमा २२ वटा खारेज भएसँगै महासंघका सदस्य ३१३ कायम भएको बताउनुभयो।

नियमित बैठक नस्बने, साधारणसभा नगर्ने संघलाई सक्रिय बनाउन पहल गर्ने, सक्रिय हुन नसके सदस्यता  हटाउने महासंघको रणनीति छ ।

 

 

अभिलेख

लोकप्रिय