२४ कात्तिक २०८३, मङ्गलबार

बागमतीका सहकारीलाई स्थिरीकरण कोषमा सहभागी हुन रजिष्ट्रारको निर्देशन

२०७८ चैत ७, सोमबार
बागमतीका सहकारीलाई स्थिरीकरण कोषमा सहभागी हुन रजिष्ट्रारको निर्देशन

काठमाडौं : बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थिरीकरण कोषमा सहभागी हुन सहकारी संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेश माताहत रहेका सबै बचत तथा ऋण सहकारी संस्थालाई कोषमा सहभागी हुन निर्देशन दिएको हो ।

त्यस्तै मन्त्रालयले नेफ्स्कून, प्रदेश बचत संघ र विषयगत जिल्ला संघहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध समेत गरेको छ ।

सहकारी संस्थामा उत्पन्न हुनसक्ने संकटमा वित्तीय सहयोग जुटाई सम्भावित जोखिमबाट जोगाउन सवल संस्थाहरु एकआपसमा मिली कोष स्थापना गर्ने सम्बन्धमा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ ले कानुनी व्यवस्था गरिएको थियो । साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ जारी गरी कार्यान्वयनमा ल्याएकोे छ ।

नेफस्कूनको अगुवाई र संयोजनमा २०७६ माघ २७ गते काठमाडौंमा प्रारम्भिक भेला आयोजना गरी स्थिरीकरण कोष स्थापना गरि कोष सञ्चालनमा आइसकेको छ ।

स्थिरीकरण कोष खडा गर्दा न्यूनतम दश करोड रुपैयाँको प्रारम्भिक योगदान आवश्यक हुने वाध्यकारी व्यवस्था छ । तर, कोषमा भने १० करोड रुपैयाँ जम्मा हुन सकेको छैन ।

अभिलेख

लोकप्रिय