२४ कात्तिक २०८३, मङ्गलबार

अब ठेक्का पट्टा गर्ने छुट्टै सहकारी, ५ करोडसम्मको ठेक्का गर्न पाउने

२०७८ चैत ६, आईतवार
अब ठेक्का पट्टा गर्ने छुट्टै सहकारी, ५ करोडसम्मको ठेक्का गर्न पाउने

काठमाडौं : अब सहकारी संस्थाले पनि ठेक्का पट्टाको काम गर्न पाउने भएको छ । सरकारले खरिद नियमावली संशोधन गर्दै श्रम सहकारीमार्फत ठेक्का गराउन पाइने विषय नियमावलीको ड्राफ्टमा राखिएको छ ।

उपभोक्ता समितिमार्फत हुँदै आएको एक करोडको ठेक्कालाई बढाएर ५ करोड समेत बनाएको छ । समितिको साथै अब श्रम सहकारीमार्फत पनि कम गर्न सकिने उल्लेख गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा श्रम सहकारीले सार्वजनिक निर्माणमा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने उल्लेख गरिएको थियो ।

सहकारीलाई ठेक्का दिने विषय नियमावलीमा समेटिएपछि निर्माण व्यवसायीहरुले विरोध गरेका छन् । तर, सहकारी क्षेत्रको लागि भने सरकारको यो कमदम स्वागत योग्य छ ।

अभिलेख

लोकप्रिय