जनसचेतन साकोसद्वारा २ सय २४ विद्यार्थीलाई सहकारी शिक्षा
दोलखा : दोलखाको मैनापोखरीमा मुख्य कार्यलय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ। जिल्लाको मेलुङ गाउँपालिका स्थित सत्यश्वर मावीमा अध्यनरत विद्यार्थीहरुलाई सहकारी शिक्षा शिविर सञ्चालन गरेको हो ।
शिक्षा शिविरमा विद्यालयमा अध्यनरत कक्षा ८ देखि १२ सम्मका २२४ जना विद्यार्थीहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो।
तालिममा सहकारी शिक्षा,सहकारी संञ्चालनमा शुसासन, सदस्यको आर्थिक पछ्यौटेपनको निवारण, जनसचेतनको सुरक्षित बचतको अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । तालिमको शिक्षा उपसमिति संयोजक गोपाल ध्वज श्रेष्ठ, जनसम्पर्क प्रमुख राजन दहालले सहजीकरण गर्नुभएको थियो।
दोलखा र काठमाडौं उपत्यकासहित काभ्रेपलान्चोक समेत ५ जिल्ला कार्यक्षेत्र भएको जनसचेतनले दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटी मा सेवा केन्द्र स्थापना गरि २ हजार ६ सय ४२ जना सदस्य मार्फत कारोबार गरिरहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
