नवजीवन सहकारीको अध्यक्षमा देवबहादुर बम निर्वाचित
कैलाली : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा देवबहादुर बम निर्वाचित हुनुभएको छ । बमले प्रतिद्वन्द्वी रतन कठायतलाई एक हजार ३ सय ८ मतान्तरले पराजित गरेका हुन् । बमले ८ हजार ३ सय ९१ मत र रतन कठायतले ७ हजार ८३ मत ल्याएका थिए ।
सहकारीको १६ सदस्यका लागि भएको निर्वाचनमा १७ हजार ८० मत खसेको थियो । सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन् ।
त्यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन् । उनी कठायतको प्यानलका हुन् । शनिबार मतदान भएको थियो । आइतबार बिहानदेखि मतगणना सुरु भएको थियो । सोमबार अबेर राति मत गणना सम्पन्न भएको हो । त्यस्तै गरी सदस्यहरुमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज विष्ट, घनबहादुर शाह, उपेन्द्र विष्ट निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा निर्वाचित हुनेमा शिवकुमार जोशी (फुलारा), गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि रहेका छन् । यस्तै लेखा सुपरिक्षक समिति संयोजकमा कठायत प्यानलका चेतराज जोशी तथा सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
