सहकारीले भित्ते पात्रो प्रकाशन गर्न अनिवार्य स्वीकृती लिनुपर्ने
काठमाडौं : सहकारी संघ/संस्थाले वि.सं. २०७९ सालको भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गर्न अनिवार्य स्वीकृती लिनुपर्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृती लिएपछि मात्रै पात्रो प्रकाशन पाउने र मूल्य समेत निर्धारण गरिएको छ ।
अब सहकारी संघ/संस्थाले पात्रो प्रकाशन गर्न चाहेमा कम्तीमा ५ हजार रुपैयाँ विकास समितिमा बुझाउनु पर्नेछ । समितिको बैंक खातामा ५ हजार रुपैयाँ बुझाएको भौचर र निवेदन पत्र लिएर गएपछि मात्रै पात्रो प्रकाशनको स्वीकृती प्राप्त गर्न सकिनेछ ।
उक्त रकम मूल्य निर्धारण नगरिएको पात्रोमा मात्र सिमित हुनेछ । यदी म्युल्य निर्धारण गरिएको अवस्थामा भने १० हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।
समितिले बजार अनुगमन समेत गरिरहेको र यदी स्वीकृती विना पात्रो प्रकाशन गरेमा कारबाही समेत हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
समितिबाट स्वीकृत प्राप्त भनेर पनि पात्रोमा लेख्नुपर्ने हुन्छ । प्रकाशित पात्रोको तीन प्रति समितिको कार्यालयमा समेत अनिवार्य बुझाउनु पर्ने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
