२४ कात्तिक २०८३, मङ्गलबार

सिकोमा गाभियो थप २ सहकारी, लुम्बीनी प्रदेश कै पहिलो एकीकृत सहकारी सिको

२०७८ फागुन २६, बिहिबार
सिकोमा गाभियो थप २ सहकारी, लुम्बीनी प्रदेश कै पहिलो एकीकृत सहकारी सिको

बर्दिया : बर्दियास्थित सिको बचत तथा ऋण सहकारी संस्थामा थप दुई वटा सहकारी गाभिएको छ । बर्दियाकै डल्फिन बचत तथा ऋण सहकारी संस्था र मौसमी बचत तथा ऋण सहकारी संस्था सिकोमा गाभिएको हो ।

यस अघि २०७५असार १ गते सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस बीच एकीकरण भई सिको साकोस कायम भएको थियो ।

एकीकरण पछि सिको साकोस डल्फिन सेवा केन्द्र राजापुर-४, राजापुर बजार र सिको साकोस मौसमी सेवाकेन्द्र राजापुर-६, मानपुरटपराको सेवाकेन्द्र समेत उद्घाटन भएको छ । दुवै सेवा केन्द्रको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

सिकोको एकीकरण घोषणा सभा सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा भएको थियो । घोषणा सभामा नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको आतिथ्यता रहेको थियो ।

संस्था एकीकरण घोषणासभाबाट सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतायमा १५ सदस्यीय सञ्चालक समिति र जिवन कुमार शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिसहित संयुक्त एकीकरण कार्यदल समेत गठन भएको साकोसले जनाएको छ ।

एकीकरणपछि संयुक्त कारोबार सुभारम्भ गरेको सिको साकोसको कुल वासलात ४० करोड १७ लाख ६३ हजार २ सय ९३ पुगेको साकोसका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिनुभयो ।

संस्थाको केन्द्रीय कार्यालयसहित ८ वटा कार्यालय पुगेको छ ।

नेपालमा संघीय शासनको सुरुवातसंगै स्थानीय सरकारमा सहकारी अभियानलाई एकिकृत गर्ने प्रस्ताव लिएर लुम्बीनी प्रदेश मै पहिलो एकिकृत संस्थाको दर्ता हुने सिको  हो । एककिरण पूर्व सिर्जना साकोस २ वर्ष नेपालको प्रोवेशन व्राण्ड प्राप्त गर्न सफल र कोशेली प्रोवेशन कार्यक्रममा सहभागी भएका संस्था हुन् ।

अभिलेख

लोकप्रिय