१९ भदौ २०८३, शुक्रबार

बागमती प्रोस्कूनका सञ्चालक समितिको क्षमता अभिवृद्धि

२०७८ फागुन २५, बुधबार
बागमती प्रोस्कूनका सञ्चालक समितिको क्षमता अभिवृद्धि

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमितिका पदाधिकारी एवम् सदस्यहरुको क्षमता अभिवृद्धि तथा उपसमिति अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा नगरकोटमा भएको कार्यक्रममा संघको आगामी कार्यदिशा सम्बन्धमा नेफ्स्कूनका निर्वतमान प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा संघको हालसम्मको अवस्थाको सम्पूर्ण उपसमितिका सदस्यहरुलाई जानकारी दिनुका साथै संघको आगामी कार्यनीतिको सम्बन्धमा छलफल गरी लिखित रुपमा कार्यविवरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले जानकारी दिनुभयो ।

हालसम्मको प्रगति विवरण, आगामी दिनका लागि देखेको सपना (कार्ययोजना) र संघले गठन गरेको विभिन्न ९ वटा उपसमितिहरुको काम कर्तव्य र अधिकारका सम्बन्धमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा संघको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा अन्य उपसमितिको गरी कूल ४३ जनाको उपस्थिती रहेको थियो । संघका महासचिव जिवसराज खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय