१९ भदौ २०८३, शुक्रबार

श्रमिक महिला दिवसमा एकता सहकारीका महिला कर्मचारीलाई तालिम

२०७८ फागुन २४, मङ्गलबार
श्रमिक महिला दिवसमा एकता सहकारीका महिला कर्मचारीलाई तालिम

बागलुङ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बागलुङको एकता सहकारी संस्थाले महिला कर्मचारीहरुलाई एक दिने सहकारी सचेतना तालिम प्रदान गरेको छ ।

महिला कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहकारीको अवधारणा, मूल्य मान्यता, सिद्धान्त, सहकारी व्यवस्थापनमा कर्मचारीको भूमिका लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको समग्र विकासका लागि सदस्यलाई केन्द्रीत गरेर योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यहरुको चाहना र आवश्यकता पहिचान गरी योजना बनाउने, सदस्यहरुलाई सहकारीको अवधारणा र व्यवसायका बारेमा सचेतना प्रदान गर्ने तथा संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि निरन्तर शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले सहजीकरण गर्नु भएको थियो । बागलुङ बजारमा वित्तीय कारोबार गर्ने पहिलो सहकारी संस्थाका रुपमा रहेको एकता सहकारी संस्थामा कार्यरत १० जना महिला कर्मचारीहरुको तालिममा सहभागिता रहेको थियो ।

सस्थाले कर्मचारीहरुलाई दक्ष बनाउनका लागि मासिक तथा साप्ताहिक तालिम सञ्चालनको कार्ययोजना तयार पारेको प्रवन्धक राजभण्डारीले जानकारी दिनुभयो । एकता सहकारी संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, १० करोड शेयर रकम, २६ करोड बचत र २५ करोड कर्जा लगानी रहेको छ ।

अभिलेख

लोकप्रिय