के हो कोप कार्ड?
सहकारी संस्थाहरुले न्यूनतम लागतमा सहजै ATM कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा Coop Card जारी गर्न लागिएको हो । आगामी तीन महिनाभित्र कार्ड सेवा सुरु गर्ने तयारी गरिएको छ । सहकारी संस्थाहरुले कोप कार्ड ब्राण्डमा सदस्यहरुलाई एटिएम सेवा दिन पाउनेछन् ।
सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटिएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ । ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले Coop Card जारी गर्नेछन । यसका लागि SCT ले चाइना युनियन पे सँग सहकार्य गर्दै आएको छ ।
सहकारीका सबै सदस्यलाई सेवा पुर्याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको Coop Card जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका ATM/POS मार्फत सहजै चलाउन सकिनेछ ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी Coop Card जारी गर्न सक्नेछन । यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कोप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा फागुन २२ गते सम्पन्न भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बैंक थप्ने प्रस्तावले नयाँ संकट निम्त्याउन सक्छ
१९ असार २०८३, शुक्रबार
नेपाल बहुउद्देश्यीय सहकारीमा सीईओका लागि आवेदन खुला, मासिक सुविधा २ लाखभन्दा बढी
१५ असार २०८३, सोमबार
वार्षिक अद्यावधिक अनिवार्य, सहकारीले हर्जाना ब्याज ५ प्रतिशतसम्म मात्र लिन पाउने
१५ असार २०८३, सोमबार