अब नेपालका सहकारीहरुको आफ्नै ब्राण्डको ‘कोप कार्ड’
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सदस्य संस्थाहरुको लागि आफ्नै ब्राण्डको एटिएम कार्ड जारी गर्ने भएको छ । उक्त एटिएम कार्डको नाम ‘कोप कार्ड’ दिईएको छ ।
कार्ड जारी गर्न राष्ट्रिय सहकारी बैंक लिमिटेडसहित स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंक एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौतामा राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एससिटीसँगको सहकार्यमा सबै प्राविधिक तयारी पुरा भएपछि सहकारी बैंकले छिट्टै आफ्ना सदस्य सहकारी संघ/संस्थाहरु मार्फत सहकारीमा आबद्ध सदस्यलाई एटिएम कार्ड प्रदान गर्ने बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताउनुभयो।
वाणिज्य बैंकका ग्राहकहरुले प्रयोग गरे जस्तै सहकारी संस्थाका सदस्यहरुले कोप कार्ड प्रयोग गर्न सक्ने विशेषता यसमा रहेकोले सहकारीका सदस्यहरुले कार्ड मार्फत आर्थिक कारोबार गर्न सक्ने भन्दै सुरक्षा र प्रविधिको हिसाबले समेत मजबुत रहेको बताउनुभयो । डिजिटल नेपालको अभियानलाई पनि सहयोग पुग्ने उल्लेख गर्दै सहकारीका सदस्यहरुले नगदरहित कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको उहाँको भनाई छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकले सहकारी र प्रविधिबीच काम गर्न बैंकको डिजिटल बैंकिंग युनिट तयार गरि कार्य अगाडी बढाएको उल्लेख गर्दै बैंकमै उक्त यूनिटलाई परिचालन गरि सहकारी संस्थाहरुमा भएको प्रविधिलाई स्तरोउन्नती गर्ने तथा विकसित बैंकिङ प्रविधि भित्राउन समन्वयत्मक भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साही भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परताका साथ लाग्ने बताउनुभयो । कोप कार्ड न्यून लागतमा ससाना संस्थाहरुले पनि प्रयोगमा ल्याउन सक्ने हुँदा धेरे संस्थाहरु आकर्षित हुने उनले विश्वास व्यक्त गर्नुभयो।
हाल बढ्दै गएको सहकारीको भूमिका र कारोवारलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा राष्ट्रिय सहकारी बैंकमार्फत सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको हो ।
यसरी प्रदान गर्ने कार्ड अन्तराष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटिएम पिओएस जुनसुकै स्थानमा चलाउन सकिने छ । एटिएम कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजकत्वको रुपमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले आफ्ना सदस्यहरुलाई जारी गर्नेछन् ।
सम्झौता पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेड मार्फत कोप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफ्नो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जँंहाबाट पनि एटिएममार्फत रकम निकाल्न सक्नेछन् । त्यस्तै, पिओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने र सहकारीको बचत सहकारीमै रहिरहने विश्वास बैंकले लिएको छ ।
यो सम्झौताले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गईरहनु पर्ने बाध्यतावाट मुक्ति हुने र सहकारीहरुको विकासमा थप योगदान पुग्ने छ । बैंकसँगको सम्झौता पश्चात सहकारीहरुले जारी गर्ने कोप कार्ड ग्लोबल आइएमई बैंकको ३ सय भन्दा बढी एटिएम बुथबाट निःशुल्क रुपमा रकम झिक्न सक्नेछन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल र ग्लोबल आइएमई बैंकका सीइओ रत्न राज बज्राचार्यले सहकारी फाइनान्सिय इकोसिस्टम भित्रको अंग भएकाले डिजिटल बैंकिङसँग जोडिँदा विश्वसनीयता बढ्नुका साथै सेवाग्राहीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार