संगम साकोसद्वारा प्रोवेसन अभिमुखिकरण कार्यक्रम
नुवाकोट : संगम बचत तथा ऋण सहकारी संस्थाले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आबद्ध हुन बुधबार एक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बुधबार सहकारीले आफ्ना सञ्चालक समिति, सदस्य र कर्मचारीहरुलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सञ्चालन गरेको प्रोवेसन कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो।
“स्तरीकरणको लागि छिट्टै नै नेफ्स्कुनले सञ्चालन गरको उक्त कार्यक्रममा संस्था आबद्ध हुन लागिरहेका छौं”, उनले भने “नुवाकोट जिल्लामै पहिलोपटक नेफ्स्कूनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेका हौं ।” कार्यसमितिको बैठकबाट प्रोवेसनमा जाने निर्णय भएपश्चात् केहि सातामै प्रोवेसनमा सहकारीलाई लगिने उहाँले बताउनुभयो ।
नेफ्स्कूनले सदस्य साकोसको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि नेपालस्तरको प्रोवेसन कार्यक्रम गर्दै आईरहेको नेफ्स्कुनका प्रोवेसन कार्यक्रम संयोजक सन्दिपराज ढकालले बताउनुभयो ।
सहकारी संस्थालाई वित्तीय रुपमा सुरक्षित, सबल र दिगो बनाउन नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्रोबेसनमा सहभागी हुन पाउने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
