सिवाईसी साकोसको २५औं सेवा केन्द्र पर्वतको जलजलामा
पर्वत : पर्वत जिल्लाको जलजला गाँउपालिका-४, मिलन चोकमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था, बागलुङको २५ औं सदस्य सेवा केन्द्र शुभारम्भ भएको छ । बुधबार एक कार्यक्रमका बीच मोहन चोकमा जलजला सदस्य सेवा केन्द्र समुद्घाटन गरिएको हो ।

सेवा केन्द्र उद्घाटन गर्दै जलजला गाँउपालिका-४ का वडा अध्यक्ष भिष्म मल्लले घर–घरमा पुगेर बचत तथा ऋण परिचालनमा गरि गरिवी निवारण तथा नयाँ उद्यम सिर्जना गर्ने कार्य हिकारीले मात्रै गर्ने बताउनु भयो । घर घरमा पुग्ने र कृषि तथा उद्यममा सहयोग गर्ने सहकारीको परिकल्पना आफुहरुले गर्दै गर्दा सिवाईसी साकोस जलजलामा ल्याउन पहल गरेको पनि बताउनु भयो ।

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसीको विगत, वर्तमान र भविष्य बारे प्रष्ट पार्नु भएको थियो ।
सिवाईसी साकोसले साविक धौलागिरी अञ्चलको ४ जिल्लामा कार्यक्षेत्र बनाई २२ हजार भन्दा बढी शेयर सदस्यलाई २ अर्ब पुँजी परिचालन गरी २५ वटा सेवाकेन्द्र तथा एउटा केन्द्रीय कार्यालय मार्फत विकेन्द्रीत सेवा प्रवाह गर्दै आइरहेको छ ।
नयाँ सेवा केन्द्र सुरुवातसँगै पर्वत जिल्लामा सिवाईसी साकोसका सेवा केन्द्र ४ बटा पुगेका छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार