पाँच सहकारीकर्मी सहकारी विकास बोर्डमा नियुक्त
२०७८ फागुन १५, आईतवार
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी विकास बोर्डमा ५ जना सदस्य नियुक्त गरेका छन् ।
बोर्डका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बिहीबार विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य नियुक्त गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशबाट दशरथ भण्डारी, लुम्बिनी प्रदेशबाट सन्दीप सापकोटा, गण्डकी प्रदेशबाट पोषणराज सुवेदी, बागमती प्रदेशबाट केदार मानन्धर र मधेश प्रदेशबाट शम्भुबहादुर खड्का नियुक्त गर्नुभएको हो ।
यसअघि केन्द्रीय संघका तर्फबाट नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठक र जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी पाण्डे बोर्ड सदस्यमा नियुक्त भएका थिए ।
बोर्ड सदस्यको कार्यकाल २ वर्षको हुनेछ । अब बोर्डमा सम्बन्धित विषयमा विशेषज्ञबाट एक जनाको पद रिक्त रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार