राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त हुनुभएको छ ।
बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार उहाँलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले फाल्गुण १५ गते देखि कार्यभार समाल्ने गरी नियुक्त गर्नु भएको हो । उहाँलाई आईतबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष के.बी. उप्रेतीसहित संञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारीहरु लगायतको उपस्थितिमा नव–नियूक्त डिजिएम खड्कालाई स्वागत गरी बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट निवासी खड्का २९ वर्ष देखि बैकिङ्क क्षेत्रमा लामो अनुभव संगाल्नु भएको उहाँले नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गर्नु भएको थियो । तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंकमा उहाँ नायव महाप्रवन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका खड्काको २९ वर्षे बैकिङ करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले स्वागत गर्दै यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त नायव महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैकिङ्क क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गर्नु भयो ।
उहाँले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनु भएको छ । त्यसैगरी उहँले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेती, संञ्चालकहरु सरिता भट्टराई, रामहरी बजगाई, ज्ञान बहादुर तामाङ्ग, पार्वती थापा मगर, केदार मानन्धर, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गरागाई, सहायक महाप्रबन्धक राजेश श्रेष्ठ, विभागीय प्रमुखहरु लगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
