१९ भदौ २०८३, शुक्रबार

२४ वर्षमा हाम्रो साकोस, १ अर्ब ७० करोड नाघ्यो वासलात

२०७८ फागुन १३, शुक्रबार
२४ वर्षमा हाम्रो साकोस, १ अर्ब ७० करोड नाघ्यो वासलात

काठमाडौं : ललितपुरको लगानखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था २४औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल फागुन १३ गते तत्कालिन डिभिजन सहकारी कार्यालय, ललितपुरमा दर्ता भएको संस्था आजबाट २४औं वर्षमा प्रवेश गरेको हो ।

संस्था स्थापनाकालदेखि हालसम्मका सबै सदस्य, पदाधिकारी तथा कर्मचारीहरूको योगदानका लागि संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले धन्यवाद ज्ञापन गर्नुभएको छ । सदस्यबाट बचत संकलन गरी सदस्यहरूलाई नै ऋण लगानी मार्फत स्वरोजगार र व्यवसायी बनाई सदस्यको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने स्थापनाकालीन उदेश्यले नै वर्तमानलाई निर्देशित गर्दै कार्य सञ्चालन गर्दै आएको अध्यक्ष फुयालले बताउनुभयो । अबका दिनमा संस्थागत सुशासनलाई अझै मजबुत बनाउँदै आफ्ना सदस्यलाई समय सापेक्ष नीति, विधि र प्रविधिको आधारमा सेवाहरूको विशिष्टकरण गर्दै लैजाने प्रतिवद्दता उहाँले जनाउनुभएको छ ।

२९ जना सदस्य संस्थापक रहेर ४८ जना सदस्यको २ लाख ४५ हजार पुँजीबाट कारोबार शुरू गरेको संस्थामा हाल ६ हजार ५०० सदस्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाको १५ करोड शेयर पुँजी, ९ करोड जगेडा कोष तथा करिब १ अर्ब ७० करोड सम्पति तथा दायित्व पुर्‍याउन सफल भएको घिमिरेले बताउनुभयो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर फागुन १४ गते ललितपुरको मंगलबजारमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

अभिलेख

लोकप्रिय