१९ भदौ २०८३, शुक्रबार

सहकारी विभागलाई ६ बुँदे ज्ञापनपत्र : ब्याजदर १८ प्रतिशत पुर्याउन माग

२०७८ फागुन ११, बुधबार
सहकारी विभागलाई ६ बुँदे ज्ञापनपत्र : ब्याजदर १८ प्रतिशत पुर्याउन माग

काठमाडौं : जिल्ला सहकारी संघ, काठमाडौंले सहकारीको सन्दर्भ ब्याजजदर १८ प्रतिशत पुर्याउन माग गरेको छ । बुधबार सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउँदै संघले वित्तीय बजार विश्लेषणका आधारमा शहरी क्षेत्रमा ऋणको ब्याजको सिमा बढाएर १८ प्रतिशत पुर्याउन माग गरेको हो ।

यस सहकारी अभियानको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन लविङ गरिरहेको छ ।

संघले वित्तीय बजारमा देखिएको तरलताको अभावको असर सहकारी क्षेत्रमा समेत परेको र यसबाट सहकारीमा वित्तीय व्यवस्थापन गर्न कठिन भएको तथा पुँजी पलायन समेत हुन थालेको जनाएको छ ।

यसको असर कम गर्नका लागि संघले बुझाएको ६ बुँदे ज्ञापनपत्रमा सन्दर्भ व्याजदरको व्यवस्था अवैज्ञानिक र अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने, व्याजदरलाई स्वचालित बनाई ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्नुपर्ने, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, स्थिरीकरण कोष र प्रवद्र्धन कोष स्थापना गनुपर्ने, ८८ बुँदे निर्देशनलाई सहकारीमैत्री बनाउनुपर्ने र संघसंस्थाको निरिक्षणमा जिल्ला संघको प्रतिनिधि सहभागि बनाउन माग गरेको छ ।

अभिलेख

लोकप्रिय