१९ भदौ २०८३, शुक्रबार

पुनरावलोकन भएन सहकारीको ब्याजदर

२०७८ फागुन १०, मङ्गलबार
पुनरावलोकन भएन सहकारीको ब्याजदर

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) निर्धारण तथा सिफारिस समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । अर्को निरन्तरता बैठक पर्सीको लागि बोलाईएको छ ।

ब्याजदर पुनरावलोकन गर्न करिब ३ घण्टा बसेको बैठक बसेको थियो । उप-समितिले दिएको प्रतिवेदन थप अध्ययन गर्नका समय माग भएपछि बैठक २ दिनपछि बस्नेगरी टुंगिएको समितिका सदस्य तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो ।

समितिको बैठकमा संयोजक, केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सहकारी मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य नयाँ रहेका कारण अध्ययन गर्न बैठक दुई दिनपछि बोलाईएको हो ।

समितिका बैठक जारी रहँदा सहकारीकर्मीहरुले विभाग परिसरमा धर्ना दिईरहेका थिए ।

अभिलेख

लोकप्रिय