ब्याजदर बढाउन माग गर्दै सहकारी विभागमा सहकारीकर्मीको धर्ना
काठमाडौं : सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गर्दै सहकारीकर्मीले संघीय सहकारी विभागमा धर्ना दिएका छन् ।
बैंक वित्तीय संस्थाको निक्षेपको ब्याजदर १२ प्रतिशत पुग्दा समेत सहकारीको ब्याजदर पुनरावलोकन नभएपछि सहकारीकर्मी दवावका लागि आज धर्ना बसेका हुन् । सहकारी विभागका रजिष्ट्रारको संयोजकत्व रहेको सन्दर्भ ब्याजदर निर्धारण समितिको अहिले बसीरहेको बैठकलाई लक्षित गर्दै उनीहरु धर्ना बसेका हुन् ।
सहकारी सन्दर्भ ब्याजदर तत्काल पुनरावलोकन गर्न आवश्यक रहेको र त्यसका लागि आवश्यक पहल तथा दबाब सिर्जना गर्नुपर्ने सुझाव महासंघलाई दिइएको थियो ।
महासंघले यस अघिनै प्रतिस्पर्धि ब्जादर निर्धारणका लागि तत्काल सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसी सहकारी संघरसंस्थाका आधार ब्याजदरमा बढीमा प्रिमियम ६ प्रतिशतसम्म लिन पाउने गरी अधिकतम ऋणको ब्याजदरको सिमा १७ प्रतिशत तोक्न सुझाव सहकारी विभागलाई दिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार