ब्याजदर निर्धारण समितिको बैठक बस्दै, १६.२२ प्रतिशत ब्याजदर तोकिएला?
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) निर्धारण तथा सिफारिस समितिको बैठक आज बस्दै छ । समितिका संयोजक तथा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले दिउँसो १ बजेको लागि बैठक बोलाएका छन् ।
आज बस्ने बैठकले सहकारीको हाल कायम १४.७५ प्रतिशतको ‘इन्ट्रेस्ट क्याप’ (ऋण लगानीमा) पुनरावलोकन हुने बुझिएको छ ।
सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिले ब्याजदर १६.२२ प्रतिशत कायम गर्न सिफारिस गरेको छ । सोही सिफारिसको आधारणमा आज बस्ने समितिको बैठकले ब्याजदर पुनरावलोकन गर्ने सम्भावना बढी देखिएको छ ।
तर, संयोजक फेरिएपछिको पहिलो बैठक भएको हुँदा यस विषयमा निर्णय हुने वा नहुने केही टुंगो छैन । यता, सहकारी अभियानले भने सहकारीको ब्याजदर कम्तीमा १७ प्रतिशत कायम गर्न निखित सुझाव नै दिएको छ ।
राष्ट्र बैंकले निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाहरुको अघिल्लो महिना कायम व्याजदरमा १० प्रतिशतसम्म घटबढ गर्न सक्ने व्यवस्था अनुसार नै सहकारीको ब्याजदर बढाउन उप समितिले सुझाव दिएको थियो । सहकारीको सन्दर्भ ब्याजदर पनि यसै प्रावधानका आधरमा वृद्धि गर्न सकिने प्राविधिक समितिले उपाए सुझाएको हो ।
हाल सहकारीको सन्दर्भ व्याजदमा १० प्रतिशत वृद्धि गर्दा १.४७ अंक थप भई सन्दर्भ व्याजदर १६.२२ प्रतिशत पुग्ने र सोही अनुसार गर्न समितिलाई सिफरिस गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार